सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र १४, २०८०, Diktelrupakotmajhuwagadi

Image

विध्यार्थीहरुका वीच नगरप्रमुख भट्टराई


हलेसीन्युजडेस्क, खोटाङ

आफ्नो विध्यालय परिसरमा स्थानीय सरकारप्रमुखलाई भेट्न पाउँदा शिक्षक/विध्यार्थीहरु उत्साही हुनु स्वभाविक हो । विध्यालयको गतिविधि र आवश्यकतालाई प्रत्यक्ष नगरप्रमुख सामू राख्न पाउनुका साथै विध्यालय र विध्यार्थीहरुको अवस्थालाई नजिकबाट नियाल्न पाउनु दुवै पक्षका लागि सुखद क्षण हो ।

केहीदिनदेखि खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई नगरपालिका भित्रका विध्यालयहरुमा टुप्लुक्क पुग्ने गर्नुभएको छ ।

विध्यालयको भौतिक, शैक्षिक अवस्थालाई परख्नु त छदैछ त्यस अतिरिक्त उहाँ विध्यालय परिसरमा पुग्नुको अर्को उद्धेश्य अशोज १७ देखि २० गतेसम्म दिक्तेलमा आयोजना हुन लागिरहेको मुन्दुम अन्तराष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रममा विध्यार्थीहरुको समेत अपनत्व ग्रहण गराउन रहेको छ । विध्यार्थी भाइबहिनीहरुले तयार गर्नुभएको चित्रकला यहाँ समेटिने नगरप्रमुख भट्टराई बताउनुहुन्छ । 
यो कार्यशालामा अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत, श्रीलंका, माल्दिभ्स, भुटान र नेपालका प्रशिद्ध चित्रकारहरुले आ–आफ्नो कलासहित सहभागिता जनाउनुहुने उहाँ भन्नुहुन्छ ।

बुधवार नगरप्रमुख भट्टराई वडा नं. २ र ६ का वडाध्यक्षहरु ध्रुवविक्रम राई, माधव राई तथा साहित्यिक व्यक्तित्व ओजनवावु आचार्यका साथ दिक्तेल अल्छेढुङ्गाछेउ हिलसाइड स्याम्पल एकेडेमी स्कुलमा पुग्नुभयो । त्यहाँ अध्ययनरत विध्यार्थीहरुलाई चित्रकला प्रदर्शनीमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सुझाउनुभयो । त्यसपछि वडा नं. ४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई र वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेका साथ नगरप्रमुख भट्टराई लफ्याङ वाँसवोटेस्थित श्री माध्यामिक विध्यालयमा पुग्नुभयो । 

उहाँ भन्नुहुन्छ –‘विध्यार्थी भाइवहिनीहरु वीच पुग्ने यो क्रम निरन्तर रहनेछ ।’
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes