सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ४, २०८०, Diprungchuichumma RUM

Image

दिप्रुङचुइचुम्माले यसरी मनायो ४४ सौँ राष्ट्रिय शिक्षा दिवस

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले ४४औँ राष्ट्रिय शिक्षा दिवस भव्य समारोहका वीच मनाएको छ । गाउपालिका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता, संविधान सभा सदस्य एवं प्रतिनिधि सभाका पूर्व सदस्य तथा एमालेका पोलिटव्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यता, जिल्ला विकास समितिका पूर्व सभापति, नेपाली कांग्रेसका सभापति विष्णुकुमार राईको विशिष्ट आतिथ्यतामा अशोज २ गते पालिकाको प्रांगणमा ४४ औँ राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमका वीच मनाइएको हो ।

 

समावेशी र सीपमूलक शिक्षा, स्वेदशमै युवा राष्ट्रको इच्छा’ लेखिएको उद्घाटन व्यानर प्रमुख अतिथि भट्टराईले वाचन गर्नुका साथै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विशेष अतिथिहरुले पानसमा वत्ति वालेर कार्यक्रमको  सामुहिक उद्घाटन गर्नुभएको थियो  ।

शिक्षा दिवसका अवसरमा पालिकाभरिका ४९ सामुदायिक माध्यामिक विध्यालयका विध्यार्थीहरुलाई सहभागी गराएर हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता, निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिताको आयोजना गरी त्यसमा प्रथम, द्धितिय, तृतीय, सान्त्वना पुरस्कार प्राप्त गर्ने विध्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि भट्टराईले २०३१ फागुण १२ देखि शिक्षा दिवस मनाउन शुरु भए पनि ०६२/६३ को आन्दोलन पछि भाद्र २३ गते मनाउन शुरु भयो । तर सबै विध्यार्थीहरुले आधारभूत शिक्षा निशुल्क पाउनुपर्ने ऐन पारित भएको दिन २०७५ अशोज २ गते भएकोले यो वर्षदेखि अशोज २ गते शिक्षा दिवस मनाउन शुरु भएको बताउनुभयो । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सबैले गुाणात्मक शिक्षा दुरदराजका विध्यार्थीहरुले पनि पाउन सक्ने वातावरण बनाउन शिक्षक, अभिभावक र  विध्यार्थीहरुको उतिकै भूमिका रहने समेत बताउनुभयो । त्यस्तै शिक्षकहरुको शिक्षा विधेयक सम्बन्धि शुरु भएको राष्ट्रियआन्दोलनप्रति सरकार संवेदनशिल हुनुपर्ने तर शिक्षकहरुले आन्दोलन जारी राखे पनि  विध्यालय ठप्प पार्न नहुने सल्लाह दिनु भयो ।

विशिष्ट अतिथि जिविसका पूर्व साभापिति तथा खोटाङ कांग्रेसका सभापति विष्णुकुमार राई, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवं पूर्व सचिव केशवराज कार्की, एमाले प्रदेश कमिटि सचिवालय सदस्य इन्द्रप्रसाद दंगाल लगायतले शिक्षा दिवसका अवसरमा शुभकामना मन्तव्य दिनुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालय अन्तर्गत पठन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित त्रिधार्मिक स्थल हलेसीमा हवन कुण्ड...

Horoscopes Icon

All Horoscopes