सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २, २०८०, Diktelrupakotmajhuwagadi

Image

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी सम्पन्न पछि नगरप्रमुख भट्टराईद्धारा पत्रकार सम्मेलन

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक पत्रकार सम्मेलन गरी मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी २०८० सम्पन्न भएकोमा यसलाई सफल गराउन प्रत्यक्ष परोक्ष सहयोग पुराउने सबैलाई धन्यवाद दिएको छ । नगरपालिकाको हलमा नगरप्रमुख तीर्थराज भट्टराईले आज एक पत्रकार सम्मेलन मार्फत नेपालको अग्रणी कलाकार, उपन्यासकार तथा इतिहासकार एवं “आधुनिक कलाका पिता“ लैनसिंह बाङ्देलका पैतृक थलो खोटाङमा १४ राष्ट्रका अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका चित्रकारहरु निम्त्याएर मुन्दुम अन्तराष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीको आयोजना गरिएकोमा नगरवासी तथा विभिन्न संघसंस्था, जनप्रतिनिधि, राजनैतिक दल, पत्रकार, उध्योग व्यवसायी, राष्ट्रसेवक, शैक्षिक संस्थाहरुले तनमनबाट सहयोग पुर्याएकोमा नगरपालिकाको तर्फबाट सबैलाई धन्यवाद प्रदान गर्नुभएको हो ।

जिल्लास्थित सञ्चारकर्मीहरु उपस्थित रहेको  पत्रकार सम्मेलनमा नगरप्रमुख भट्टराईले  प्रेस नोट जारी गर्दै बाङदेल जस्तो राष्ट्रिय व्यक्तित्व जन्मनु भएको माटोमा “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी“ गर्न पाउँदा गौरवको अनुभुति भएको जनाउनुभएको छ । कार्यक्रममा सम्मिलित देशी तथा विदेशी चित्रकारहरुले समेत उहाँप्रती शिर निहुराएर सम्मान गर्नुभएको उल्लेख गर्नुभएको छ  ।

प्रेसनोटमा मुन्दुम एउटा जाति, भाषी र समुदायको मात्र होईन । राई, लिम्बु जातिको पुरानो धार्मिक ग्रन्थ र लोक साहित्य हो भने, मुन्दुम किरातीहरुको मौखिक वाङमय भएको स्पष्ट पार्दै  यही संस्कार र संस्कृतिको सम्मानको भावले खोटाङ जिल्ला माझ किरातमा सांस्कृतिक एकता, भातृत्वभाव र भाईचारा सम्बन्धलाई अभिभावकत्व दिन सक्ने भौगोलिक आवश्यकता भएको हुनाले यो पवित्र र सम्मानित शब्द चयन गरिएको जानकारी गराइएको छ ।

यस मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीबाट नवप्रतिभा प्रोत्साहन हुने, विश्व जगतको मानसपटलमा सकारात्मक शन्देस छर्ने,  खोटाङ जिल्लाको संस्कार, संस्कृतिः सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो पहिचान संस्थागत ढंगले स्थापना गर्ने, पर्यटन प्रवर्द्धनबाट आर्थिक समृद्धिको ढोका खुल्ने तथा कला संस्कृतिको विकास हुने नगरपालिकाको विश्वास रहेको जनाइएको छ ।

नगरपालिकाको आग्रहलाई स्विकार गरी सडक मार्गबाट लामो यात्रा गर्दै आउनु भएका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, विशेष अतिथि प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय लगायत अन्य विशिष्ट अतिथिगण, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सद्भावना दूत सांगीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व (राई ईज किङ)  राजेश पायल राई प्रति नगरपालिकाको तर्फबाट नगरप्रमुख भट्टराईले कृतज्ञता जाहेर गर्नुभएको छ ।

कार्यक्रम सफल पार्न ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण, फूल–माला, साँस्कृतिक झाँकी तथा कलाकारहरुलाई स्वागत गर्न भौतिक उपस्थिती जनाउनु हुने सम्पुर्ण महानुभाव, चित्रकार तथा अन्य अतिथि र आयोजकलाई समेत निःशुल्क खाना र वासको व्यवस्था गरेर महत्वपूर्ण योगदान पुर्याउनु हुने शुभद्रा मदन फाउण्डेशन तथा त्यसका निर्देशक सूर्य बहादुर राई प्रति नगरपालिकाको तर्फबाट नगरप्रमुख भट्टराईले मुक्त कण्ठले प्रशंसा गर्दै कृतज्ञता जाहेर गर्नुभएको छ । 

नगरप्रमुख भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट रु.१८ लाख र धनु आर्ट स्टुडियोबाट समेत थप आवश्यक बजेट व्यवस्थापन गरि पहिलो चरणको कार्यक्रम सम्पन गरेको बताउनुभयो ।  दोस्रो चरणमा चित्रकारहरुले बनाउनु भएको चित्रहरुलाई नेपाल आर्ट काउन्सिल,  काठमाडौंमा १५ दिने प्रदर्शनी गर्ने तथा तेस्रो चरणमा संग्राहलयको रुपमा विकास गर्ने कार्ययोजना रहेको समेत उहाँले जानकारी गराउनु भयो ।

गत अशोज १७ देखि २१ गतेसम्म आयोजना गरिएको कार्यक्रममा नेपाल लगायत अस्ट्रेलिया, वंगलादेश, भुटान, चीन, ईजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम देशका ४३ जना मुर्धन्य चित्रकारहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes