सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक १३, २०८०, Diktelrupakotmajhuwagadi

Image

हराएको हप्तादिन पछि भेटिइन् जैशीमाया


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १५ विजयखर्क वसेरीकी एक वद्धा महिला हराएको एकहप्ता पछि नजिकै जंगलमा भेटिएकीछन् । विजयखर्क वसेरीनिवासी ६८ वर्षीया जैसीमाया ढुंगानालाई आज दिउँसो करिव १२ वजेतिर वडा नं. ३ वाम्राङ्ग पुछार दिखुवा खोलाको पुलभन्दा माथि काहुलेको जंगलमा भेटिएको स्थानीय प्रेम खनालले हलेसी एफएमलाई बताउनुभयो । 

गत ७ गते विजया दशमीका दिन टिका थाप्न छिमेकीको घर पुगेर आफ्नै श्रीमान शिवप्रसाद ढंगानासँग घर फर्किने क्रममा श्रीमानको पछि रहेकी  ढुंगाना घर नआएपछि खोजतलास शुरु भएको थियो । उनलाई खोजी कार्यका लागि प्रहरीले तालिमप्राप्त कुकुरको समेत परिचालन गरिरहेको थियो । 

वुइपा टारीका योगेस राई र समिर राई वस्तु चराउन जंगल गएको अवस्थामा वृद्धालाई काहुलेको जंगलमा देखेर सबैलाई जानकारी गराएको थाहा भएको छ । महिला कसरी त्यो जंगलमा पुगिन र यतिन्जेल कसरी रहिन् भन्ने बारेमा खुलाइएको छैन । हाल उनको अवस्था सामान्य रहेको बुझिएको छ । 

उनलाई जिल्ला सदरमुकाम स्थित प्रहरी कार्यालयमा ल्याई मुचुल्का उठाएर स्वास्थ्य परिक्षण पश्चात आफन्तलाई जिम्मा दिइने जनाइएको छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes