सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष २, २०८०, खोटाङ

Image

अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२३ को अवसरमा सामीद्धारा विभिन्न कार्यक्रम सम्पन्न


हलेसीतुन्यजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालन भैरहेको सुरक्षित आप्रवासन सामी परियोजनाद्धारा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस-२०२३ सचेतनामूलक सडक  नाटकका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

सुरक्षित आप्रवासन सामी परियोजनाले “आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान” भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस-२०२३ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा वडाध्यक्ष दिनेश कठैत लगायत वडा सदस्यहरुद्धारा पौष १ गते सोमवार आप्रवासीका परिवारका सदस्यहरु तथा बित्तीय साक्षरता एवं मनोसामाजिक परामर्श कक्षाका सहभागिहरुसँग सुरक्षित वैदेशिक रोजगारीका बिषयमा अन्तरक्रियाका साथ १०४ जनालाई खुत्रुके  बितरण गरी पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको परियोजनाका प्रमुख सन्तोष राईले बताउनुभयो । 

यस्तै १८ डिसेम्वर (पौष २) गते सोमबार जिल्ला समन्वय समितिको कार्यालय अगाडि परिसरमा वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने प्रकृया तथा सचेतनामूलक सडक-नाटक प्रदर्शन गरियो । उक्त सडक-नाटक प्रदर्शनीमा करिब ९०/१०० जनाको उपस्थीति रहेको थियो ।

सोही दिन साँझ ६ वजे जिल्ला समन्वय समिति खोटाङको अगाडी परिसरमा दीप प्रज्वलन गरिएको थियो । दीपप्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नं. ५ का वडा अध्यक्ष दिनेशकुमार घिमिरे लगायत आप्रवासीका परिवारका सदस्यहरु र सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।

हलेसीतुवाचुङ नगरपालिका, केपिलासगढी गाँउपालिका र खोटेहाङ गाँउपालिले पनि अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा  विभिन्न कार्यक्रमका साथ दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको जनाइएको छ । 

अन्ताराष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा गरिएका विविध कार्यक्रमहरुको झलक

p
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका स्थानीय वासिन्दा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिका–६ र्ईन्देणीपोखरीस्थित आधारभुत अस्पतालमा भिडियो एक्स–रे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

Horoscopes Icon

All Horoscopes