माघ १२, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरीरहेको सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत वैदेशिक रोजगारको प्रभाब तथा असर न्युनिकरण सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत सरोकारवालाहरूको उपस्थितिमा कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण गर्दै मर्यादित, व्यवस्थित र प्रभावकारी सम्बन्धका लागि एकअर्काले योगदान गर्नुपर्ने कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा सामीका संयोजक सन्तोष रार्ईले सुरक्षित आप्रवासन कार्यक्रम नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय कार्यक्रम भएको र यसले खेलेको भूमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिनुभएको थियो । यो कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको रूपमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन सामी अन्त्रगतको अभिमुखीकरण गरिएको बताउनुभएको छ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रशिक्षक सन्तोष रार्ईले बताउनुभयो ।वैदेशिक रोजगारले समाजमा पारेका नकरात्मक प्रभाबलाई वडा तहबाटै न्युनिकरण गर्न वडातहको योजनाहरु मै समेटेर पालिका सम्म पु¥याउने र सामीले दिने सेवाहरुको बारेमा वडातहमा सबैलाई जानकारी तथा सुचना प्रवाह गर्ने साझा बुझाइ भयको छ । कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ का वडा अध्यक्ष नबराज राईको अध्यक्षतामा सम्पन्न गरिएको थियो । छलफलमा नगरका प्रत्येक वडाबाट २÷२ जना वडा सदस्यहरु २८ जना सहभागी भयका थिए ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !