पौष ०८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाबाट वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा काम गरिरहेका कामदारहरुका परिवारका सदस्यहरुसँग वैदेशिक रोजगार बोर्डको सचिवालयले दिक्तेलवजारमा एक अन्तकृयात्मक कार्यक्रमको आयोजना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक बोर्डको सचिवालयले जिल्लाका विभिन्न स्थानबाट वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा काम गरिरहेका कामदारका परिवारका सदस्यहरुसँग पौष ८ गते दिक्तेलवजारस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका निर्देशक सुशिल आचार्यको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन रार्ईको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने कल्याणकारी सेवा, त्यसका लागि गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजातका विषयमा परामर्शसँगै सुरक्षित वैदेशिक रोजगारीका लागि ध्यान दिनुपर्ने पक्षमा छलफल गरिएको बताईन्छ ।
कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डको सचिवालयका शाखा अधिकृत कल्पना रेग्मीले सुरक्षित वैदेशिक रोजगारीका लागि अनिवार्य श्रम स्वीकृति लिन, सीप सिकेर मात्र जान, अभिमुखीकरण तालिम अनिवार्य रुपमा लिन, स्वास्थ्य परीक्षण र बीमा आधिकारिक संस्थाबाट मात्र गराउन तथा घरपरिवारसँग सल्लाह गरेर मात्र जान आग्रह गर्नुभएको छ ।
यस्तै प्रमुख अतिथि नगर उप प्रमुख विसन राइले सकेसम्म स्वदेशमै बसेर काम गर्न आग्रह गर्दै वैदेशिक रोजगारीमा जानैपरे सीप सिकेर मात्र जानुपर्नेमा जोड दिनुभएको छ । उहाँले वैदेशिक रोजगारीका विषयमा जानकारी गराउने उद्धेश्यले रोजगारीका सिलसिलामा विदेश जान चाहनेहरुले व्यहोर्नुपर्ने जटिलतालाई ध्यानमा राखी बैदेशिक रोजगारीमा रहेका कामदारका परिवारका सदस्यहरुहरुसँग अन्तरक्रिया कार्यक्रम राखिएको बताउँदै यस्ता कार्यक्रम निकै फलदायी रहने विश्वास व्यक्त गर्नुभयो ।
खोटाङ जिल्लाबाट गत आर्थिक वर्ष २०८०÷८१ मा ८,७९६ जना वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका थिए भने यो आर्थिक वर्षको श्रावण देखि कात्तिकसम्म २,३२४ पुरुष तथा ३०७ महिला वैदेशिक रोजगारीमा गएको सामी परियोजना खोटाङका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी गराउनुभयो ।
जिल्लाका विभिन्न पालिकाहरुबाट ३५० भन्दा वढी सहभागिता रहेको आजको अन्तरकृयात्मक कार्यक्रमको सहजिकरण वैदेशिक रोजगार बोर्ड सचिवालयका शाखा अधिकृत कल्पना रेग्मीले गर्नु भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज ११/ खोटाङको साकेला गाउँपालिकाले आउँदै गरेको...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान