जेठ २४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलमा जिल्लाका विभिन्न पालिकाहरुमा सञ्चालन भैरहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी परियोजन) को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । दिक्तेल सोल्मा स्थित शुभम् फउण्डेशनमा जेष्ठ २३ गते आयोजना भएको समिक्षा कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, केपिलासगढी गाउपालिका र हलेसी तुवाचुङ नगरपालिकामा भएको वार्षिक गतिविधिका वारेमा सम्बन्धित पालिकाका सामीका कर्मचारीहरुबाट प्रतिवेदन प्रस्तुत भएपछि त्यसमाथि समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रमका केही झलकहरु
कार्यक्रममा सामीका कर्मचाीहरुबाट यस आ.व.मा सम्पन्न गर्नु पर्ने वार्षिक लक्ष्य र प्रगतिहरुको प्रस्तुतिकरण भएको थियो ।
सामी कार्यक्रमले आप्रवाशनका सम्बन्धमा जानकारीमूलक सुचना, न्यायमा पहुच, सीप तालिम, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता, रिर्टर्नी परिचालनको क्षेत्रहरुमा काम गर्दै आइरहेको छ । हाल खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, केपिलासगढी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा सामी परियोजना सञ्चालनमा रहेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरउपप्रमुख विसन राईको अध्यक्षतामा भएको समिक्षात्मक कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राई, लेखा अधिकृत राजकुमार राई, हलेसी तुवाचुङ नगरपालिकाका सामी कार्यक्रमका कर्मचारी गोविन्द खड्का लगायत सामी कार्यक्रममा कार्यरत २५ जनाको उपस्थिति रहेको थियो ।
[ यो पनि-सामीद्धारा वैदेशिक रोजगारीका अवस्था र सुरक्षित आप्रवासन सम्बन्त्रि अन्तरकृया }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !