सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष ३, २०८०, खोटाङ

Image

डाँडागाउँ ओख्रे वजारलाई शुन्दर–सहज बनाउन ढलानको काम हुँदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं २ डाँडागाउँ ओख्रे वजारको केही सडकखण्डमा ढलानको काम भैरहेको छ । वजारक्षेत्रमा आवागमन सहज र व्यवस्थित गराउने उद्धेश्यले हाल हुलाक कार्यालय देखि वडा कार्यालय अगाडि हुँदै मूल सडकको टेम्मा जाने मोडसम्म १६५ मिटर कच्ची सडकलाई पक्कि ढलान गर्ने काम भैरहेको हो ।

इलाका स्वास्थ्य चौकी,सानिमा वित्तिय बैँक, प्लस १२ सम्म अध्ययन अध्यापन हुने महेन्द्रोदय मावि रहेको ओख्रे वजार पञ्चायत कालदेखि नै डाँडागाउँको स्थानीय व्यापारिक केन्द्र पनि हो । तत्कालिन जिल्ला पंचायत सभापति दीपबहादुर राईको अगुवाईमा २०३६ सालमा नै मावि स्थापना भएको ओख्रेवजार शैक्षिक केन्द्रको रुपमा पनि परिचित हुँदै आएको छ । त्यो समयमा छोरम्वु, टेम्मा, याम्खा,छितापोखरी, बतासे लगायतका स्थानहरुबाट माविसम्मको अध्ययन गर्न विध्यार्थीहरु महेन्द्रोदय मावि ओख्रेमा धाउने गर्थे । २०३९ सालमा तत्कालिन जिल्ला पञ्चायत सभापति राईको पहलबाट स्वास्थ्य चौकी स्विकृत भएपछि स्थानीय समाजसेवी देवीबहादुर थापाले आफ्नो नामको जमिनमा कम्पाउण्ड सहित दुइतले घर  उपलव्ध गराई सोही स्थानबाट शुरुमा स्वास्थ्य सेवाको काम सुचारु गरिएको  निज स्वर्गीय देवीबहादुरका साइला छोरा गणेश थापाले हलेसी एफएमलाई बताउनुभयो । 

स्थानीय सरकारको ध्यान अहिले त्यो पुरानो व्यापारिक केन्द्रलाई व्यवस्थित गराउने तर्फ केन्द्रित रहेको पालिका अध्यक्ष लोकेन्द्र राई बताउनुहुन्छ । यही क्रममा हिउद वर्षादको समयमा पनि यात्रुलाई वजारभित्र सफा र सहज आवागमनको व्यवस्था उपलव्ध गराउन पालिकाको बजेटबाट हाल रु ४५ लाख वजेट विनियोजन गरी हुलाक कार्यालय देखि वजारक्षेत्रभित्र पर्ने १६५ मिटर कच्चि सडकलाई पक्की ढलान गराउने काम भैरहेको पालिका अध्यक्ष राई बताउनुहुन्छ ।

यो काम सकिए पछि थप दायाँवायाँ पनि सफा र व्यवस्थित वजारका लागि पहल गरिने वडा नं. २ का वडाध्यक्ष बद्रि कटवालले हलेसी एफएमलाई बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes