सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष २४, २०८०, खोटाङ

Image

खराव कामका लागि होइन असल कामका लागि जेल जान परे पनि तयार छु ।

            —नगरप्रमुख तीर्थराज भट्टराई 

(खोटाङका  स्थानीय सञ्चार माध्यमहरुमा यतिखेर एउटा समाचार चर्चामा छ । दिक्तेल अस्पतालचोकदेखि हाटडाँडा हुदै आहाले जाने सडकखण्डमा कालोपत्रे गर्ने कामका लागि आवश्यक सामाग्रीहरु केही समयका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई उक्त सडकका निर्माण व्यवसायीका तर्फबाट विवेक मर्केण्डाइज एण्ड कन्सल्ट प्रालिबाट उधारो लिन जमानत बसेको तर तोकिएको समयावधिमा समेत पसल व्यवसायीलाई वील अनुसार रकम भुक्तानी दिन नसक्दा मेयर भट्टराई विरुद्ध समेत जिल्ला प्रशासनमा उजुरी परेको समाचार प्रकाशमा आइरहेछ । यस सम्बन्धमा हलेसी एफएम अनलाइनका तर्फबाट हामीले नगरप्रमुख भट्टराईसँग वास्तविकता के हो भनेर प्रत्यक्ष प्रश्न राखेका छौँ ।—सुनिल श्रेष्ठ )

प्रश्न—स्थानीय सञ्चार माध्यमहरुमा यतिखेर मुख्य समाचारका रुपमा आइरहेछ कि दिक्तेल अस्पतालचोकदेखि हाटडाँडासम्म सडक ढलानका काममा ठेकेदार कम्पनीका तर्फबाट तपाई जमानत बसेर निर्माण सामाग्री खरिद गरियो, तर अहिले पसल व्यवसायीलाई रकम प्राप्त हुन सकेन भनिन्छ, यस्तो रिस्क हजुरले किन लिनुभयो ? अहिले यो विषय जिल्ला प्रशासनसम्म पुग्यो भनिन्छ । यस सम्बन्धमा भएको के हो विस्तृतमा बताइदिनुहोस न ।

जवाफ—हजुर, हो । अहिले स्थानीय सञ्चार माध्यमबाट यस विषयमा महत्वकासाथ समाचार सम्प्रेषण गरिरहनुभएको छ ।आम नागरिकको सरोकारको विषय भएकोले प्रश्न उठ्नु स्वभाविक हो । यस विषयमा विशेषतः भानुचोकदेखि हाटडाँडासम्मका स्थानीय नागरिकलाई धेरै थाहा छ । काम शुरुवात गरेर सामान नभएको कारण हप्तौँ अलपत्र परेको कामलाई सुचारु गराउनका लागि मैले पहलकदमी गरेको हुँ । निर्माण व्यवसायीले निरिह भएर काम गर्न पैसा अभाव को कुरो गरेपछि १० दिन भित्र भुक्तानी हुने शर्तमा मैले मेरो व्यक्तिगत चेक विवेक हार्डवेयरमा दिएर सामान ल्याएर ढलानको काम सम्पन्न भएको हो । यदि म व्यक्तिगत जमानी बसेर चेक नदिएको भए बजारवासीले हिलाम्मे सडकमा अहिले पनि हिड्नुपर्ने अवस्था थियो । लाचार र निरिह झैँ बनेका निर्माण व्यवसायीलाई सहयोग गर्दा म अहिले कानूनी कठघरामा उभिनुपर्ने अवस्था आयो । तर मलाई पश्चाताप छैन, नागरिकको हित र विकासको लागि म जेल जान तयार छु । हाम्रा अग्रजले देशका लागि वलिदान दिनुभयो भने यो विषयलाई मैले सामान्य लिएको छु  । मैले गलत नियतले होइन, नागरिकहितमा काम गरेकोले मलाई यो घटनाबाट पश्चाताप होइन गर्व लागको छ ।

प्रश्न—ठेकेदार को थियो र किन त्यस्तो ठेकेदारलाई सरकार या सम्बन्धित निकायले कारवाही गर्न सकिरहेको छैन ?

जवाफ—अस्पतालचौक-खानीडाँडा-आहालेसम्म मिति २०७५ मंसिर १ गते शिलन्यास भै आयोजना शुरु भएको हो । डेढ वर्षभित्रमा उक्त सडक खण्डमा कालोपत्रेको काम सम्पन्न गर्नेगरी २०७५ अशोज १ गते याक्थुङहाङ/साप/सिरुवा जेभीका शिव चौलागाईले सम्झौता गरी निर्माणकार्यलाई अगाडि बढाएका हुन्  तर समय बित्दै जाँदा काम भनेजस्तो अगाडि बढ्न सकेन । पैसाको अभाव देखाएर ठेकदार शिव चौलागाईले कामै गर्न नसकेपछि उनको पटक पटकको आग्रह र दिक्तेल वजारवासीले घरअगाडिको सडकमा हिड्दा जुत्ता हातमा बोकेर हिड्नुपर्ने दुरावस्था देखेपछि यसबाट मुक्ति दिलाउने पवित्र उद्धेश्यले मैले व्यक्तिगत चेकदिए पछि  विवेक हार्डवेयरले सामान उपलव्ध गराई काम अगाडि बढ्न सक्यो । रकमको लागि हार्डवेयरले मलाई पटक पटक फोन मार्फत आग्रह गरेको हो र मैले यो कुरोमा शिवजीलाई पनि भनेको हुँ । तर १० दिनमा दिने भनेको ६ महिनासम्म भुक्तानी भएन । पीडितबाट  उजुरी परेपछि अब अनुसन्धान र कार्यवाहीको प्रकृया अगाडि बढ्नेछ । राज्यले यस्तो गलत गतिविधि गर्नेलाई कार्यवाही गर्नैपर्छ । म दोषि भए कठघरामा उभिनुपर्छ । नगरप्रमुख भएर मैले छुट पाउनु हुदैन । प्रशासनलाई सहयोग गर्न म हिरासतमा जान तयार हुनुपर्छ । खराव कामका लागि होईन असल र मानव हितका लागि त म जेल जान पनि तयार छु । यो विषयमा प्रहरी प्रशासनले नगरप्रमुख भनेर छुट दिन खोज्यो भने कानूनको उपहास हुनेछ । त्यसैले कानून सबैको लागि बराबर होस भन्ने पनि चाहछु म । 

प्रश्न—अहिले यो आयोजना कस्तो अवस्थामा छ ?

जवाफ—यो आयोजना बामे सरिरहेको छ । १५ दिन भयो भर्खर हाटडाँडामा सोलिङको काम शुरुवात भएको छ । यो काम शुरुवात गराउन पनि मैले धेरै ठूलो मेहेनत गर्नुपर्यो । कोरियाबाट फर्किएपछि माननीय रामकुमार पासाङ, नगरउपप्रमुख वीसन राई, वडा नं.४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, नेकपा एमाले जिल्ला सचिव कुमार आचार्य, नेका सम्पर्क समिति अध्यक्ष काशीनाथ आचार्य सहितलाई अनुरोध गरेर निर्माण व्यवसायी शिव चौलागाईको कार्यालय मध्यवानेश्वरमा ४ घण्टा छलफल गरेर निष्कर्ष निकालेका थियौँ । सरकारको नजरमा असफल आयोजना जोगाउन मेरो कति सकारात्मक भूमिका र सकृयता रह्यो सबैलाई थाहा नहुनसक्छ । सुनसरीस्थित स्थानीय पूर्वाधार कार्यालय इटहरीका प्रमुख तथा स्वयं निर्माण व्यवसायीलाई सोध्नुभए स्पष्ट हुन्छ । मैले आफ्नै वखान गर्नु राम्रो होइन । साथै माननीय रामकुमार पासाङ लगायत धेरै महानुभावहरुको यसमा महत्वपूर्ण भूमिका रहदै आइरहेको छ । परियोजना डुव्न नदिने कार्यका लागि सबै सबैमा हार्दिक धन्यवाद भन्छु ।

प्रश्न—अहिले तपाइको समेत नाम जोडेर जिल्ला प्रशासनमा सामान दिने व्यापारी पक्षले जाहेरी दिएको छ, अब तपाईले के गर्ने सोच बनाउनुभएको छ ?

जवाफ—व्यवसायीले उजुरी दिनुभएकोमा म सम्मान गर्न चाहन्छु । उनले पटक पटक मसँग हारगुहार गरे । तर पैसा नपाएपछि उनी प्रशासनमा गएका हुन । अन्यायमा परेपछि पीडित ले आशा भरोसा गर्ने भनेकै राज्यसँग हो । उनले ठेकेदारलाई चिन्दैनन् । मेरो विश्वास र भरोसामा १७/१८ लाख बरावरको सामान दिए । व्यवसायीको नजरमा निर्माण व्यवसायी होइनन्, दिक्तेलका मेयर हुन । त्यसैले म उनीसँग आत्मलोचित हुनैपर्छ । म उनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मेयरलाई उजुरी हाल्ने हिम्मत देखाए । र, प्रशासनले पनि कानून कडाईका साथ लागू गर्नुपर्छ । म प्रहरी प्रशासनलाई सहयोग गर्न सदा तयार छु । शक्ति देखाएर कानून हातमा लिन खोज्ने दुस्साहस मबाट हुनेछैन । ६ महिनाको हर्जाना सहित व्यवसायीले रकम पाउनुपर्छ । मैले नगद रकम दिने अवस्था भने छैन । मेरो दिक्तेलको घरजग्गा पास गरिदिन्छु यदि ठेकेदारले दिएनन् भने । तर व्यवसायीले रकम पाउनैपर्छ । यस सम्बन्धमा म अत्यन्त सिरियस छु । ठेकेदारका विरुद्धमा अस्ति २३ गते गृह मन्त्रालयमा आफै पुगेर उजुरी समेत दिइसकेको छु । कानूनी उपचारको खोजि गरेर अन्यायमा परेकालाई न्याय दिनुपर्छ यही खोजिरहेको  छु म । न्याय सबैले पाउनुपर्छ मान्यता हो मेरो । राज्यले अवश्य यसमा चासो दिने विश्वास छ ।

प्रश्न—राज्यको तर्फबाट यस्ता ठेकेदार कम्पनीहरुलाई नियन्त्रण/नियमन गर्न तपाईको के सुझाव छ ?

जवाफ—राम्रो काम गर्ने निर्माण व्यवसायीलाई राज्यले सम्मान, प्रोत्साहन गर्नुपर्छ र गलत बेइमान गर्ने ठेकेदार कम्पनीहरुलाई कडा कानून बनाएर दण्डित गर्न सक्नुपर्छ । तर केही निर्माण व्यवसायीले पार्टीका शिर्ष नेता, उनकी पत्नि र आफन्त रिझाएर राज्य सत्ता नै आफ्नो कव्जामा लिए जस्तो देखिन्छ आम नागरिकहरुको हेराईमा । सिमित व्यक्तिको स्वार्थ र गलत गतिविधिले निष्ठावान नेता र जनप्रतिनिधि समेत आलोचित हुनुपरेको छ । त्यति मात्र होइन यो गणतन्त्रात्मक शासन व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । त्यसैले जुनसुकै तहका निर्माण व्यवसायी होस या जनप्रतिनिधि होस्, कानून हातमा लिनेलाई कानूनतः कार्यवाही हुनैपर्छ ।

प्रश्न—उक्त आयोजना अब कसरी सम्पन्न गर्ने गराउने सोच बनाउनुभएको छ ?

जवाफ—उक्त आयोजनाको काम अहिले शुरुवात भएको छ । स्थानीय पूर्वाधार कार्यालय इटहरीले पनि निर्माण व्यवसायीलाई दबाब बढाएको छ । हामीले पनि निरन्तर खवरदारी गरिरहेकै छौ । नागरिकस्तरबाट पनि आवाज उठिरहेको छ । सम्भवतः यो बैशाखसम्म काम सम्पन्न हुनेछ । अहिले शिव/भैरव बस्नेत लगायत स्थानीय जिल्लावासीले तदारुकताका साथ काम अगाडि बढाइरहनु भएकोले ढिलै भए पनि यो वर्ष गुणस्तरीय ढंगले काम सम्पन्न हुने विश्वास छ । तर सबै पक्षले चनाखो भएर दबाब दिन जरुरी छ भन्ने मेरो बुझाइ रहेको छ ।

प्रश्न—अर्को प्रसंगमा जाउँ, दिक्तेल अस्पतालचोकदेखि लफ्याङहुदै साप्सुखोला सम्मको सडकखण्डका लागि यो आ.व.मा वजेट विनियोजन नभएको सुनिन्छ, के त्यो सत्य हो ? यदि  सत्य हो भने अब नगरपालिकाको  तर्फबाट के कदम चालिनेछ ?

जवाफ—हो, हजुर । यसमा यो आ.व.मा वजेट व्यवस्थापन छैन । निरन्तर सञ्चालन हुदै आएको योजना रातो कितावबाट हटाइनु अत्यन्त दुखद पक्ष हो, त्यहाँको नागरिकहरुप्रति सरकारको गैह्रजिम्मेवारी हो । प्रदेश तथा संघीय माननीयज्युहरुले यस विषयमा अझ वढी चनाखो र जिम्मेवारी निर्वाह गर्नुपर्ने देखिन्छ । हामी यथासम्भव वजेटको निरन्तरताका लागि पहलकदमी गरिरहेकै छौ । यध्यपि त्यो सम्भव नभएर वजेटले निरन्तरता पाएन भने चै त्यो जिल्लाकै लागि ठूलो दूर्भाग्य हुनेछ । यदि तत्काल वजेट व्यवस्था गरिएन भने म सबैसँग अनुरोध गर्न चाहन्छु-त्यो वेला हामी सबै एक भएर सरकारसँग सशक्त प्रतिवादमा उत्रिनु पर्नेहुन्छ ।

प्रश्न—हस्त मेयरसाव,  यहाँले हाम्रो अनुरोधलाई स्विकारेर व्यस्त समयका वावजुद हामीलाई समय दिदै हाम्रो जिज्ञासालाई मेटाइदिनुभयो, हाम्रो तर्फबाट हार्दिक आभार, धन्यवाद ।

जवाफ—मलाई हलेसी एफएमको अनलाईनमार्फत यतिखेर चर्चामा आइरहेको विषयवस्तुका वारेमा थप स्पष्ट बनाउने अवसर दिनुभएकोमा रेडियोकर्मी सुनिलजी र हलेसी एफएम अनलाइन परिवारलाई हार्दिक धन्यवाद दिन्छु । यसरी नै समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण लगायत आम विषयहरुको खोज कार्य गरी आफ्नो सञ्चार माध्यमबाट सम्प्रेषित गर्ने कार्यलाई सदा निरन्तरता दिइरहनुहोला । हलेसी एफएम तथा अनलाइन परिवारलाई शुभेच्छासहित पुनः धन्यवाद ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes