सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

शहिद दिवसको अवसरमा

माघ १६, २०८०, Khotang

Image

मौनताको आडमा फूलको हवन


      ० बोधराज पौडेल

मुखमा बाँधेर कालो टालो
ताकेर ढाडमा बन्दुक
उछिट्याएर आन्द्रा-भुँडी
शीर्ष नेताले गनिरहेका छन् शहिदहरू

हात विहीन शालिक निर्माण गरेर
लुकाउन खोजेपनि अपराधको दैलो
परसम्म चिहाएर हेरिरहेछ शालिक
भर्खरै माला पहिराएर गएको मान्छे

फूलको सुगन्ध साटेर जीवनसँग
क्रान्ति गरेको शालिकले 
बेलाबेला आफ्नो खुट्टा हेर्न खोज्छ 
अपराधिले शहिद खोजे झैं

चोक, टोल र गल्छेडाको शालिक
दायाँ, बायाँ हेर्न सक्दैन
जसले उसलाई शहिद बनाएको हो
ऊ पनि त दायाँ बायाँ हेर्न कहाँ सक्छ र ?
र, त नातेदारको फेहरिस्ता बोकेर गोजीमा
पद बाँडिरहेको भेटिन्छ
शालिक जस्तै चोक, टोल र गल्छेँडामा

शालिकले केही बोलेन
नेता जस्तै मौन रह्यो
मुठ्ठी उठाउन सकेन 
प्रतिसोध साँधेर
र, न नेताहरु माला  पहिराई रहेछन्
शालिकमा शालिक भएर ।

           000000

[ तलका सिर्जनाहरु पनि पढ्नुहोस -

 दोबाटोमा कवि

कविता कहाँ छौ ?

तिमी फूल जस्तीकी, फूल तिमी जस्ती प्रिय ? }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes