सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २०, २०८०, Khotang

Image

दोर्पामा बाँसको फर्निचर बनाउने पुनर्ताजगी तालिम सम्पन्न

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पा चिउरीडाँडामा बाँसबाट फर्निचर तथा विभिन्न हस्तकलाका सामानहरु बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उध्योग कार्यालय खोटाङसँग दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ वडा समिति दोर्पाको सहकार्यमा स्थानीय १० जना प्रशिक्षार्थीहरुलाई गत पौष ५ गतेदेखि बाँसबाट फर्निचर तथा हस्तकलाका सामानहरु बनाउने तालिम प्रदान गरी माघ १९ गते तालिम समापन गरिएको स्थानीय समाजसेवी पदम हिङमाङले हलेसी एफएमलाई बताउनुभयो ।

          प्रशिक्षक पदमनाथ फुयाल 

उदयपुर जिल्लास्थित त्रियुगा नगरपालिका वडा नं २ निवासी प्रशिक्षक पदमनाथ फुयाँलले प्रशिक्षार्थीहरुलाई वडा कार्यालयको परिसरमा तालिम सम्बन्धि सहजिकरण गर्नुभएको थियो ।

गत वर्ष बैशाख १९ गतेदेखि एक महिने सिप विकास तालिम दिइर्एका स्थानीय उध्यमीहरुलाई यो वर्ष पौष ५ गतेदेखि पुन तालिम प्रदान गरी उनीहरुको सिप र क्षमता अभिवृद्धि गराइएको हुँदा यसलाई पुनर्ताजगी तालिम भन्दा पनि हुने प्रशिक्षक फुयालले बताउनुभयो ।

बाँसबाट सोफा, कुर्सी, टेवल, फूलदानी लगायत विभिन्न आकर्षक हस्तकला सामाग्रीहरु बनाउन सक्ने भएपछि आफूलाई आफ्नै सिपबाट आत्मनिर्भर भएर समाजमा बाच्न सक्ने आत्मविश्वास बढेको पुनर्ताजगी तालिममा सहभागी स्थानीय मणिप्रकाश राई बताउनुहुन्छ । 

वडा नं. ७ का वडाध्यक्ष हरि चौलागाईको अध्यक्षता एवं घरेलु तथा साना उध्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीको प्रमुख आतिथ्यतामा शुक्रवार सम्पन्न पुनर्ताजगी तालिमको समापन कार्यक्रममा वडा सचिव प्रभु कटुवाल, वडा सदस्य हरि राई, प्रशिक्षक पदमनाथ फुयाल, प्रशिक्षार्थीहरु, स्थानीय समाज सेवी पदम हिङमाङ लगायत उपस्थित हुनुहुन्थ्यो ।

दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको समेत सहयोगमा एक महिने तालिमलाई थप १५ दिन बढाएर  प्रशिक्षार्थीहरुलाई पुनर्ताजगी तालिम प्रदान गरिएको वडाध्यक्ष चौलागाईले हलेसी एफएमलाई बताउनुभयो ।


 

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

Horoscopes Icon

All Horoscopes