सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • 2025 April 7 Monday
  • 9:18:38
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक ३०, २०८१, Khotang

Image

धितुङमा शुरु भयो ढाका बुनाई सम्बन्धि तीन महिने तालिम


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा महिला उद्यमशिलता विकासका लागि तीन महिने ढाका बुनाई तालिम शुरु भएको छ । वडाध्यक्ष टेकराज रार्ईको अध्यक्षता तथा व्यावसायिक सिप विकास तालिम केन्द्र ओखलढुङ्गाका कार्यालय प्रमुख जीतेन्द्र रार्ईको प्रमुख आतिथ्यतामा कात्तिक २९ गते विहीवार तीन महिने ढाका बुनाइ तालिमको उद्घाटन गरिएको हो ।


प्रदेश सरकार, व्यावसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुंगा र हलेसी तुवाचुङ नगरपालिका वडा नं ८ धितुङको संयुक्त साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको वडा अध्यक्ष टेकराज रार्ईले हलेसी एफ एमलार्ई जानकारी दिनुभयो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष रार्ईले तालिमको सही सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको छ । तालिममा सिकेका सिपलाई सही सदुपयोग गर्न सके आत्म निर्भर बन्न सकिने र सिप सिकेर व्यवसायी बन्न ईच्छुक महिलालाई वडाले सहयोग गर्ने पनि उहाँले बताउनु भयो । धितुङ स्थित प्रगतिशील आमा समूहको भवनमा शुरु भएको ढाका बुनाई सम्बन्धि तालिम ३ महिना सम्म रहने प्रशिक्षक सरिता रार्ईले जानकारी दिनुभएको छ । 

प्रशिक्षक राईका अनुसार महिलालाई नेतृत्वदायी भूमिकामा पुग्नका लागि सबभन्दा पहिले सिपयुक्त र आर्थिक रुपले मजवुत बनाउनुपर्ने खाँचो छ । क्षमता र अर्थ बिना कुनै पनि महिला नेतृत्वदायी भूमिकामा पुग्न सक्दैनन् । महिलाहरु कुनै कुरामा कम छैनन् । तर नेतृत्व स्थापित गर्न किन सकिरहेका छैनन् उहाँको प्रश्न छ । नेतृत्वमा स्थापित हुनका लागि हरेक क्षेत्रमा महिला अघि बढ्नु आवश्यक छ, त्यसमा सबभन्दा पहिले सिपले सक्षम भएर आर्थिक रुपमा मजवुत हुन जरुरी छ । 

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि व्यावसायिक सिप विकास तालिम केन्द्र ओखलढुङ्गाका कार्यालय प्रमुख जीतेन्द्र राईले गाउँमा सिपयुक्त जनशक्ति तयार गरी गाउँमै रहेर व्यावसायिक क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने नागरिक बनाउने सरकारको नीति अनुसार कार्यालयको तर्फबाट सधैँ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

तीन महिना सम्म हुने ढाका बुनाई सम्बन्धि तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहनु भएको छ ।

[यो पनि--धितुङमा महिलाहरुको लागि तीन महिने ढाका बुनाई तालिम सञ्चालन गरिँदै ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

Horoscopes Icon

All Horoscopes