सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २१, २०८१, खोटाङ

Image

साकेलामा मेलमिलाप सम्बन्धि तालिम सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकामा देवानी प्रकृतिका विवादहरुलाई सहजिकरण गरी संवादको माध्यमबाट जीत–जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास गर्न मेलमिलाप सम्बन्धि तालिम सम्पन्न भएको छ । साकेला गाउँपालिकास्थित न्यायिक समितिको आयोजनामा गत जेष्ठ १३ गतेदेखि जेष्ठ २० गतेसम्म सञ्चालन गरिएको मेलमिलाप सम्बन्धि तालिम आइतवार  सम्पन्न भएको हो । 

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष रविप्रकाश राईले संविधानमा नै व्यवस्था भएको हरेक पालिकामा न्यायिक समितिको गठनले अहिले स–साना झै झगडा र लामो समयदेखि समाधान हुन नसकेका विवादहरु स्थानीय स्तरबाटै मेलमिलापका माध्यमबाट समाधान भएको र हरेक समाजमा सकरात्मक सन्देश गएको बताउनुभयो ।

स्थानीय पालिकामा हल हुन नसकेका जटिल प्रकृतिका मुद्दाहरु निरुपणका लागि सम्बन्धित निकायसँग समन्वय गरि फर्छौट गर्ने गरिएको न्यायिक समिति संयोजक तथा उपाध्यक्ष बिर्सिका राईले बताउनुभयो । गाउँपालिकामा न्यायिक समिति र प्रत्येक वडा वडामा मेलमिलाप समिति भएकै कारण पनि गाउँघरमा हुने समस्या समाधानमा सहयोग पुगेको संयोजक राईको भनाई छ ।

सहभागिहरुले तालिममा सिकेको कुरालाई व्यवहारमा उतारेर गाउँ समाजमा हुने झै झगडा र द्वन्द न्यूनिकरणमा सहयोग पुग्ने कुरामा आफू विश्वस्त भएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

तालिममा विवाद द्वन्दको अवधारणा र विस्तार, विवाद समाधानका उपायहरु आधारभूत बैकल्पिक, विवाद समाधानमा मेलमिलाप पद्घतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप  पद्दतिकोको प्रयोग, मेलमिलाप सम्बन्धि नेपालमा प्रचलित कानुनी व्यवस्था लगायतका विषयमा सहजिकरण गरिएको छ । 

तालिममा साकेला गाउँपालिकाका हरेक वडाका ३/३ जना मेलमिलापकर्ताको साथमा वडा अध्यक्ष र वडा सचिवको सहभागिता रहेको तालिममा मानवअधिकार मञ्च, नेपाल, इलामका गायत्री थेगिम र याम माबोहाङ लिम्वुले सहजिकरण गर्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes