सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २०, २०८०, Khotang

Image

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सार्वजनिक सुनुवाई गरियो

जनप्रतिनिधिहरुले जनताको गुनासा, सुझाव र सल्लाह सुन्न यस्ता कार्यक्रम राखिनु अपरिहार्य रहेको-नगरप्रमुख भट्टराई

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आज नगरपालिकाको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम तथा २०८०/०८१ का अर्धवार्षिक कार्यक्रम र वर्तमान सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । 

दिक्तेलवजारस्थित हेलिप्याडमा मध्यान्ह १२ वजेदेखि शुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले २०७९/८० को वार्षिक कार्यक्रम तथा २०८०/८१ को अर्धवार्षिक कार्यक्रमका विवरण प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै नगरप्रमुख तीर्थराज भट्टराईले कार्यक्रम तथा सेवा प्रवाहका वारेमा स्पष्ट पार्नुभएको थियो । 

प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार २०७९/८० को वार्षिक वजेटमा संघीय समानिकरण अनुदान १५ करोड ९ लाख ६० हजार प्राप्त भएको छ । त्यसैगरी संघीय सशर्त अनुदान चालू अन्तर्गत रु ४५ करोड ७५ लाख ९५ हजार, संघीय सशर्त अनुदान पूँजिगत तर्फ रु ६ करोड ८८ लाख, संघीय विशेष अनुदान  पूँजिगत तर्फ रु १ करोड ८५ लाख र संघीय समपूरक पूजिगत तर्फ रु ४० लाख नगरपालिकालाई प्राप्त भएको जनाइएको छ ।
यसैगरी आव २०७९/८०मा प्रदेश सरकारबाट समानिकरण अनुदान ७८ लाख २९ हजार ५ सय, प्रदेश सर्शत अनुदान चालू तर्फ ९ लाख ९३ हजार, प्रदेश सशर्त  अनुदान पूँजिगत तर्फ रु २ करोड २४ लाख ९३ हजार, प्रदेश समपूरक अनुदान पूजिगत तर्फ १ करोड प्राप्त भएको खुलाइएको छ ।  

यस्तै राजस्व वाँडफाड तर्फ संघबाट रु ९ करोड ९३ लाख ६२ हजार ३८९ रुपैया, प्रदेशबाट रु १ करोड ८२ लाख ८५ हजार २३ रुपैया प्राप्त भएको जनाइएको छ । आन्तरिक राजस्व तर्फ रु १ करोड ३ लाख ४८ हजार ९४९ रुपैया रहेको छ भने गत आवदेखिको मौजदात रुकम रु ५ करोड ३० लाख १८ हजार रुपैया रहेको खुलाइएका्े छ ।

खर्च तर्फ आव २०७९ ८० मा चालू तर्फ  ५९ करोड ६३ लाख २९ हजार ९०४ रुपौया ५५ पैसा खर्च भएको छ जुन विनियोजन रकमको ८९.२७ प्रतिशत हुनेछ । त्यस्तै पूजिगत तर्फ रु २३ बकरोड ८० लाख ४५ हजार २०५ रुपैया खर्च भएको जनाइएको छ । जुन विनियोजन रकमको ७६.४७ प्रतिशत हुनेछ । यसरी आव २०७९/८० मा चालू तथा पूजिगत तर्फ जम्मा  ८३ करोड ४३ लाख ७५ हजार १०९ रुपैया अर्थात ८५.२० प्रतिशत खर्च भएको जनाइएको छ ।

चालू आ.व. २०८०/८१ मा भने कूल विनियोजित वजेटको हाल सम्म ३०.९२ प्रतिशत मात्र खर्च भएको जनाइएको छ । यस आ.व. मा चालू तथा पूजिगत रकम ९८ करोड ६ लाख ५७ हजार रुपैया रहेकोमा हाल सम्म कूल खर्च रु.३० करोड ३२ लाख २७ हजार मात्र भएको आजको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राईद्धारा स्पष्ट गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले नगरपालिकासँग सम्बन्धित विभिन्न विषयहरुका वारेमा जिज्ञासाहरु राख्नुभएको थियो । कृषि, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, नयाँ वसपार्क लगायतका विषयहरुमा नगरपालिकाको ध्यानाकर्षण गराउँदै सुझाव सल्लाह समेत दिइएको थियो । नगरपालिकाका कर्मचारीहरुलाई आस्थाका आधारमा विभेदको व्यवहार भएको भन्ने गुनासाहरु समेत सहभागी नागरिकहरुका तर्फबाट आएको थियो । अगाडिको स्थानीय सरकारले गरेका कामहरुमा वर्तमान स्थानीय सरकारको ध्यान नपुगेका भन्ने पनि आवाज आएको थियो । त्यस्तै गत अशोजमा गरिएको मुद्धुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीमा भएको खर्च र उपलव्धिका वारेमा पनि कार्यक्रममा जिज्ञासा राखिएको थियो ।

कार्यक्रमको अन्तमा नगरप्रमुख तीर्थराज भट्टराई तथा उपप्रमुख वीशन राईले नागरिकहरुका तर्फबाट राखिएका जिज्ञासा तथा प्रश्नहरुको आलो पालो जवाफ दिनुभएको थियो । नगरप्रमुख भट्टराईले नगरपालिकामा के भैरहेछ र के गर्नु जरुरी छ भन्ने सम्बन्धमा नागरिकहरुको प्रत्यक्ष सुझाव, सल्लाह र गुनासाहरु सुन्न यस्तो कार्यक्रम राखिनु जरुरी रहेको भन्दै नगरपालिकाको तर्फबाट यो नै पहिलो सार्वजनिक सुनुवाइ भएको हलेसी एफएमलाई बताउनुभयो ।

कार्यक्रमको सहजिकरण पत्रकार भीम राईले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषेत्तम खड्का, सशस्त्र प्रहरीवलका प्रमुख, स्थानीय नगरवासीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय सञ्चार माध्यम तथा सामुदायिक रेडियो हलेसी एफएमबाट यस कार्यक्रमको प्रत्यक्ष प्रशारण  गरिएको थियो ।  
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes