सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २१, २०८०, Khotang

Image

दिरुम नगरपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङगणमा प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरस्वती वजिमयले आईतबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएसँगै खेल शुरु भएको हो ।

प्रतियोगितामा छात्राछात्रतर्फ कबड्डी, भलिवल, एकसय, दुईसय, चारसय, आठसय, पन्ध्रसय, तीनहजार मिटर दौड, चारजनाले पालैपालो दौडने एकसय मिटर रिले दौड, चारजनाले पालैपालो दौडने चारसय मिटर रिले दौड, सटफुट, ज्याबलिन थ्रो, लङजम्प, त्रिपल जम्प, मार्सल आर्ट, कराते लगायत २७ विधामा एक÷एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नगरभित्रका २१ सामुदायिक मावि र तीनवटा संस्थागत माविसहित २४ वटा माविको सहभागिता रहनेछ । संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको चार लाखसहित पाँच लाखमा प्रतियोगिता सम्पन्न गर्न लागिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव एवंम् सरस्वती माविका प्रधानाध्यापक शिवहरी ढकालले जानकारी दिनुभयो ।

प्र.अ. ढकालका अनुसार प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अन्य २१ विद्यालयलाई सहभागिताको प्रमाणपत्र मात्रै दिईनेछ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराईको अध्यक्षतामा आज उद्घाटन गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २३ माघमा समापन गरिनेछ ।

प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउने भनिए पनि हालसम्म जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेको छैन । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयहरुले नृत्य एवंम् पीटि प्रदर्शन गरेका थिए ।
 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

Horoscopes Icon

All Horoscopes