माघ २८, २०८०, Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छा प्रथम भएको छ । साकेला गाउँपालिका वडा नं. २ रतन्छास्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ २३ गते मंगलबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र तीन काँस्य पदक चुम्दै साकेला मावि प्रथम भएको हो ।
पाँच वटा माध्यमिक विद्यालयबीच गराईएको प्रतियोगितामा नौ स्वर्ण पाँच रजत र सात काँस्य पदक जित्दै राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा दोश्रो भएको छ भने सात स्वर्ण, सात रजत र पाँच काँस्य पदक जित्दै सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता तेश्रो हुन सफल भएको छ ।
त्यस्तै पाँच रजत र पाँच काँस्य पदक जितेर सिद्धेश्वरी मावि खिदिमा चौथो र चार रजत र पाँच काँस्य पदक जितेको बालबालिका मावि मात्तिम पाँचौ भएको छ ।
विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने प्रथम, द्धितीय र तेश्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले बताउनुभयो ।
प्रतियोगिताको समापन समारोहमा शुभकामना मन्तव्य प्रदान गर्नुहुँदै साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई उजागर गरि खेलप्रतिको लगावलाई उच्च बनाउन पालिका सरकार लागिरहेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधिलाई निरन्तरता दिदै प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकायमा पुर्याउन गाउँपालिका प्रतिवद्ध भएको घोषणा गर्नुभयो । अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन आफू प्रतिवद्ध भएको बताउनुभएको छ ।
उहाँले आजका विद्यार्थी नै भोलिको देश विकासको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा अहिलेदेखिनै ध्यान दिनु जरुरी भएको बताउनुभएको छ । साकेलाको मात्र हैन सिङ्गो देशको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने कुरामा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउँदै सँस्थागत रुपमा खेलकुदको विकास गर्न लागि पर्ने कुरामा जोड दिनुभयो ।
साकेला गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन खत्रीको सभापतित्वमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि सबै विद्यालय र खेलाडी विद्यार्थीहरुलाई साकेला माविका प्रअ शिवेन्द्र कुमार राई, गाउँ शिक्षा समिति सदस्य समराज राई, कार्यपालिका सदस्य सर्मिला कटेल लगायतले शुभकामना प्रदान गर्नुभयो ।
प्रतियोगितामा भलिवल, कब्बडी, हाईजम्प, लङजम्प, ट्रपल जम्प, सटफुट, ज्याभलिङ, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र–छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय सरस्वती माविका प्रअ शितल राईले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ ।
प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन ।
हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...
हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...
वि.सं. २०८१ बैशाख
मेषराशीका लागि बैशाख महिना आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । श्रम र इमानदारिताको उचित मूल्याङ्कन हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ आफन्तहरूसँग भेटघाट, रमणीय र सुखद् यात्राको योग पनि रहेको छ । यो महिनाको लागि शुभ अङ्क ३, १० र शुभरङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वि.सं. २०८१ बैशाख
वृष राशीका लागि बैशाख महिनाको सुरुका दिन त्यति राम्रो देखिँदैन, कार्यमा बाधा आउनसक्छ । व्यर्थको सास्ती खेप्नु पर्ला । सपना पनि नराम्रो देखिन सक्छ । मध्य महिनाबाट भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहने र मन मिल्ने साथीको सहयोग पाइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।
वि.सं. २०८१ बैशाख
मिथुन राशीका लागि बैशाख महिनामा लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । पढाई लेखाइमा उल्लेख्य सुधार आउनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विशेषगरि विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । मुद्दामामिलामा पनि विजयी भइनेछ । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
वि.सं. २०८१ बैशाख
कर्कट राशीका लागि बैशाख महिनामा आफ्नो क्षेत्रमा सफलता हासिल गर्न सहजता हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । भ्रमण र तीर्थाटनको योग पनि रहेको छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा पहेँले हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वि.सं. २०८१ बैशाख
सिंह राशीका लागि बैशाख महिना उत्साहवर्दक नै रहनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आफन्तहरू सँग भेटघाट हुनेछ । स्थानान्तरण र देश विदेशको भ्रमण हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतलाई प्रशंसा गर्नेछन् । कृषि तथा तर अनावश्यक धन र परिश्रम पनि खर्च हुने र स्वास्थ्य बिग्रनसक्छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वि.सं. २०८१ बैशाख
कन्या राशिका लागि बैशाख महिनामा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ र विगतका समस्या बल्झिन सक्छन् । सवारीसाधनको प्रयोग गर्दा सावधानी अपनाउनु पर्नेछ । मध्य महिनाबाट भने समय उत्साहवर्द्धक रहनेछ । वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुन सक्छ । नयाँ वस्त्र, अलंकार तथा धन सम्पत्ति समेत हात पर्ने योग रहन्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग खैरो वा सेतो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वि.सं. २०८१ बैशाख
तुला राशीका लागि बैशाख महिनामा नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतलाई प्रशंसा गर्नेछन् र भेटघाटले मन प्रसन्न हुनेछ । स्थानान्तरण र लामो यात्राको सम्भावना छ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । महिनाको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । सेयर बजारमा केही उतारचढाव हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महा लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
वि.सं. २०८१ बैशाख
वृश्चिक राशीका लागि बैशाख महिनामा जोशजाँगर र हिम्मत बढ्नेछ । चलाखीपूर्ण बोली र कामले कार्यहरू सफल हुनेछन् । शुभ र मङ्गल कार्यको योग पनि छ । वाहन लाभ हुने समय आएको छ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । मध्य महिनामा भने प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । अनावश्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
वि.सं. २०८१ बैशाख
धनु राशी भएकाहरुलाई बैशाख महिनामा विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । आफ्नो पेशामा बढुवा तथा सरुवाको योग पनि रहेको छ । महिनाको अन्त्यमा अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ, बोल्दा विचार पुर्याउनु पर्छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वि.सं. २०८१ बैशाख
मकर राशी हुनेहरुका लागि बैशाख महिनामा मान र सम्मानमा आघात पर्न सक्छ । स्वस्थ प्रतिकूल हुन सक्छ । शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । महिनाको उत्तरार्धमा भने रमाइलो यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजार र वैदेशिक कार्यमा विशेष सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३, ९ र शुभरङ्ग हल्का पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।
वि.सं. २०८१ बैशाख
कुम्भ राशीका लागि बैशाख महिनामा इच्छा र आकांक्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ । शुभ, मङ्गल र नयाँ कार्यको योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो कुलदेवताको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वि.सं. २०८१ बैशाख
मीन राशीका लागि बैशाख महिनामा पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य महिनाबाट पारिवारिक स्वास्थ्यमा समस्या आई औषध उपचारमा खर्च बढ्नेछ, अतः ऋण र रोगको भय हुनेछ । तपाईँका प्रतिद्वन्दी पनि बढ्न सक्छन् । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।