सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २८, २०८०, Khotang

Image

वराहपोखरी गाउँपालिकाद्धारा सार्वजनिक सुनुवाई सम्पन्न

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको वराहपोखरी गाउँपालिकाले आव २०८०/०८१ को अर्धवाषिर्क सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाभित्र सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टि एवं गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

जिल्लाको सदरमुकामदेखि टाढा रहेको वराहपोखरी गाउँपालिकाबाट  संघीय संरचनापछि आफ्नै पालिकामार्फत सार्वजनिक सेवा प्रवाह हुन थालेपछि यहाँका जनताले केही राहत महसुस गर्न पाएका छन् । स्थानीय सरकारबाट यस आबको ६ महिना भरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि आयोजना गरिएको कार्यक्रममा स्थानीय वासीहरुले चासोका साथ उपस्थिति जनाएका थिए । 

कार्यक्रमका सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका कामका साथै पालिकाको प्राकृतिक शौन्दर्य कायम राख्न फोहर मैला व्यवस्थापन, सडक, पूल लगायतका वारेमा पनि आफ्नो जिज्ञासाहरु राखेका थिए । नागरिकको प्रश्नहरुको जवाफ पालिका अध्यक्ष सालिकराम बञ्जरा र उपाध्यक्ष भुवलराज राइले दिनुभएको थियो ।

वराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जराको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, वराहपोखरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष गोमा मगर, जिल्लाका सञ्चारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सरोकारवाला साथै स्थानीयको उपस्थिति रहेको योजना शाखा प्रमुख रमेश पोखरेलले जानकारी दिनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes