सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २९, २०८०, Khotang

Image

साकेला गाउँपालिकामा काठ बोक्ने ट्रक प्रवेशमा रोक/ प्रवेश गरे २० हजार जरिवाना गरिने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकाले काठ बोक्नका लागि प्रयोग हुँदै आएको २१ टन क्षमताको दश चक्के ट्रकलाई प्रवेशमा रोक लगाएको छ । गाउँपालिका भित्र निर्माण भएको मुख्य सडक तथा शाखा सडकहरु बिगारिरहेको निष्कर्ष निकाल्दै आईतबार बसेको कार्यपालिका बैठकले २१ टन क्षमताको दश चक्के र १५ टन क्षमताको छ चक्के ट्रक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । 

निर्णयको उलंङ्घन गरि जबरजस्ती गाउँपालिकाभित्र प्रवेश गरेमा २० हजार रुपैंया जरिवाना गर्ने निर्णय समेत कार्यपालिका वैठकले गरेको छ । निर्णयमा भनिएको छ –‘२१ टन क्षमताको दश चक्के मालबाहक ट्रक यस गाउँपालिकाभित्र प्रवेश गर्न पूर्ण रुपमा प्रतिबन्ध गर्ने साथै हालसम्म कटान गरि राखिएको काठ १५ टन क्षमताको छ चक्के ट्रकबाट सम्बन्धित वडा कार्यालयबाट अनुमति लिएर निकासा गरिसक्ने र त्यस पश्चात सो ट्रकलाई समेत प्रवेश निषेध गरिनेछ ।’ 

त्यस्तै, काठ निकासीको क्रममा भत्किएका सडक, पर्खाल, नाली लगायतका संरचनाहरुको क्षतिपूर्ती प्राविधिक स्टिमेटका आधारमा व्यवसायीहरुबाट असुल उपर गरिने समेत वैठकले निर्णय गरेको छ । 

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले गाउँपालिकाभित्रका सडक ठूला ठूला क्षमता भएका ट्रकले क्षतविक्षत बनाउन सुरु गरेपछि सडक बचाउन यस्तो निर्णय गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुईचार हजार कर उठाउने लोभले करोडौं करोड लगानी गरेर निर्माण गरेका सडकहरु भत्काउन दिनु भएन, यसरी बिगारिएका सडक पुन निर्माण गर्न राज्यको करोडौं खर्च हुन्छ ।’ 

राज्यको करोडौं खर्च हुनबाट जोगाउनका लागि यस्ता बढी क्षमता भएका सवारी साधन प्रवेश गर्न रोक लगाईएको अध्यक्ष राईले भन्नुभयो ।

अहिले साकेला गाउँपालिकाको वडा नम्बर ३ खिदिमा, वडा नम्बर २ रतन्छा र वडा नम्बर १ बाँझेच्यानडाँडाबाट उत्तिस, चिलाउने, पात्ले लगायतका रुख निकासी गर्नका लागि ठूला ठूला मालबाहक ट्रकहरु गाउँपालिकाभित्र प्रवेश गर्ने गरेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes