सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन ५, २०८०, Khotang

Image

साकेलामा अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर ह्वील चियर हस्तान्तरण


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अपाङ्गताका कारण पीडित भएकी एक बालिकालाई घरमै पुगेर ह्वील चियर प्रदान गर्नुभएको छ । शुक्रबार अध्यक्ष राईले साकेला गाउँपालिका–२ रतन्छा रुम्बुलाको सात वर्षीय सृष्टि राईलाई घरैमा पुगेर ह्वील चियर हस्तान्तरण गर्नुभएको हो । 

आफ्नो जन्मदिनको अवसर पारेर यसअघि अध्यक्ष राईले गत माघ २४ गते बुधबार साकेला गाउँपालिका २ रतन्छा निवासी चन्द्रकला राईलाई पनि घरमै पुगेर ह्वील चियर हस्तान्तरण गर्नुभएको थियो । यसरी वितरण गरिएको ह्वील चियरले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनमा सहज हुने अपेक्षा गरिएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गको क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल र साकेला गाउँपालिकाको सहकार्यमा उक्त ह्वील चियर वितरण गरिएको हो ।

उक्त ह्वील चियर प्रदान गर्नुहुँदै अध्यक्ष राईले भन्नुभयो– ‘नागरिकलाई परेको समस्याप्रति साकेला गाउँपालिका सरकार संवेदनशिल छ, सम्भव भएसम्म यसरी नै घरघरमा पुगेर नागरिकको समस्या समाधान गर्ने प्रयत्न सरकारको तर्फबाट गरिनेछ ।’ 

गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारको लागि गाउँपालिका सरकारको तर्फबाट थप कार्यक्रम बिस्तार गर्दै लगिने पनि अध्यक्ष राईले बताउनुभयो ।

साकेला गाउँपालिकामा रहेका अपाङ्गताको क्षेत्रमा करुणा फाउण्डेसनले पालिकासँग सम्झौता गरि यस वर्षदेखि काम गरिरहेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुरु गरेको कार्यक्रममा तीन पक्षीय लागत साझेदारीमा कार्यक्रम भईरहेको छ । साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपालको ३३प्रतिशत /  ३३ प्रतिशत लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा यस गाउँपालिकामा कार्यक्रम सञ्चालन भईरहेको छ ।

यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने छ । ३ वर्ष सम्म चल्ने सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भएको हो भने २०८३ पुष मसान्तसम्म संचालन हुनेछ ।

यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाईछ । सम्झौता अवधि समाप्त भएपश्चात दीर्घकालीन रूपमा कार्यक्रम यस गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै लगिने उहाँको भनाईछ । 

राष्ट्रिय जनगणना–२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes