सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन १२, २०८०, Khotang

Image

स्वच्छ, सफा र शुन्दर साकेला बनाउन फोहोरमैला व्यवस्थापन कार्यविधि कार्यान्वयन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकाभित्र फोहोरमैलालाई व्यवस्थापन गर्नका लागि बनेको साकेला गाउँपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याईएको छ । हालै बसेको गाउँ कार्यापालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ उपदफा २ (११) बमोजिम र सोही ऐनको दफा ७ तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ ले दिएको अधिकार प्रयोग गरि निर्माण गरिएको कार्यविधिलाई पास गरि कार्यान्वयनमा ल्याइएको हो । 

फोहोरमैलाको दिगो व्यवस्थापन गरि गाउँपालिकालाई स्वच्छ, सफा  पूर्ण सरसफाईमैत्री पालिका बनाईने गाउँपालिकाको आवधिक विकास योजनाको लक्ष्य अनुरुप हाल पालिकाको पाँचवटै वडामा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन भईरहेको छ । फोहोरमैलाको दिगो व्यवस्थापनका लागि गाउँपालिकाले निर्माण गरेको आवधिक योजनामा पूर्ण सरसफाईमैत्री पालिका कार्यान्वयनलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । 

घर तथा बस्ती र बजारबाट निस्कने फोहोरबाट विभिन्न किसिमका रोग उत्पन्न हुनुका साथै मानव जीवनमा दीर्घकालिन असर पर्ने भएका कारण फोहोरमैलाको बेलैमा उचित व्यवस्थापन गर्न सके सुन्दर र सफा पालिका निर्माण गर्न सकिने अध्यक्ष राईको भनाई छ । 

पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत प्रत्येक वडाको टोल तथा बस्ती, सार्वजनिक स्थल, सरकारी कार्यालय तथा विद्यालय, बजार र पार्कमा फोहोरमैला संकलन गर्नका लागि पालिकाले डष्टविन वितरण गरिसकेको छ । उक्त डष्टविनमा संकलित फोहोरमैलालाई गाउँपालिकाले सटिङ साईडमा पुर्याएर व्यवस्थापन गर्ने लक्ष लिएको छ । साकेला–३ खिदिमामा गाउँपालिकाले सटिङ साईड निर्माण गर्ने तयारी अनुरुप काम गरिरहेको छ भने सटिङ साईट र सो स्थानसम्म पुग्ने सडकका लागि आवश्यक जग्गा स्थानीयहरुले उपलब्ध गराएका छन् । 

गाउँपालिकाभित्र फोहार मैला गर्ने उपर फोहोरमैला व्यवस्थापन गर्नका लागि बनेको कार्यविधिको दफा १४ मा व्यवस्था भएअनुसारको दण्ड, सजाय तथा जरिवानाको व्यवस्था रहेको पालिका श्रोतले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes