सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन १८, २०८०, Khotang

Image

१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ः दिक्तेलरुपाकोट मझुवागढीको हातमा प्रथम उपाधि


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम दिक्तेलबजारमा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेलमैदानमा फागुन–१५ गतेबाट शुरु भएको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम उपाधि चुम्दै आज शुक्रवार साँझ यो वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो ।

जन्तेढुंगा गाउँपालिकाका विध्यार्थीहरु बाहेक अन्य नौँ स्थानीय तहका विध्यार्थीहरु खेलमा सहभागी रहेका थिए । प्रतियोगितामा २५ स्वर्ण, दश रजत र छ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम उपाधि चम्न सफल भएको छ भने ९ स्वर्ण, दुई रजत र छ काँस्य पदकसहित हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो स्थान प्राप्त गरेको छ । यस्तै आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदकसहित केपिलासगढी गाउँपालिका तेस्रो भएको छ ।

यसैगरी चार स्वर्ण, दुई रजत र चार कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो, दुई स्वर्ण, तीन रजत र चार कास्य पदकसहित खोटेहाङ गाउँपालिका पाँचौँ, दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित दिप्रुङ चुइचुम्मा गाउँपालिका छैटौँ तथा दुई स्वर्ण, एक कास्य र एक रजत पदकसहित साकेला गाउँपालिकाले सातौँ स्थान प्राप्त गरेकाछन् ।

अन्य खेल प्रतिष्पर्धीको क्रममा एक स्वर्ण, एक रजत र तीन कास्य पदकसहित बराहपोखरी गाउँपालिका आठौँ र एक स्वर्ण पदक मात्र प्राप्त गरेर रावाबेँसी गाउँपालिकाले अन्तिम स्थानमा खुम्चिनु परेको हाम्रा संवाददाताले जनाएको छ ।

१११ पदकका लागि भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथ्लेटिक्स गरी पाँच वटा खेलमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने स्थानीय तहले क्रमशः नगद रु १५ हजार, रु १२ हजार र रु ९ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी स्थानीय तह तथा खेलाडीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको छ ।

जिल्लास्तरीय प्रतियोगितामा छनोट भएका छात्रछात्रा खेलाडीहरु अब प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेश स्तरीय प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८÷१८ तथा सितोरियो कराँते र तेक्वान्दोमा १२÷१२ जना छात्रछात्राले सहभागिता जनाउने छन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes