सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २१, २०८०, Khotang

Image

अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा साकेला-५ मात्तिम प्रथम


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मामा आयोजित अण्डर २३ वडास्तरीय पुरुष भलिवल प्रतियोगितामा साकेला गाउँपालिका वडा नं. ५ मात्तिमका खेलाडीहरुले प्रथम उपाधि चुम्न सफल बनेकाछन् । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले सोल्मास्थित आफ्नै खेलमैदानमा आयोजना गरेको ‘अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको आइतबार साँझ सम्पन्न फाइनल खेलमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेलाई ट्राइब्रेकरमा ६–५ गोल अन्तरले पछि पार्दै साकेला ५ मात्तिमका खेलाडीहरुले प्रथम उपाधि हात पार्न सफल बनेका हुन् ।

निर्धारित समयमा दुवै टिम (समूह)को एक÷एक गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । शुरुमा दुवै टिमका पाँच÷पाँचजनाले प्रहार गर्दा दुवै समूहको पाँच÷पाँच गोल भएपछि पुनः एक÷एकजनाले प्रहार गर्दा मात्तिमका गोल रक्षकले सावाकटहरेका खेलाडीको प्रहार रोकेसँगै मात्तिमले उपाधि जितेको हो ।

मात्तिमले प्रथम उपाधि चुमेसँगै रु एक लाख २२ हजार २२२ राशीको पुरस्कार हात पारेको छ भने उपविजेता बनेको सावाकटहरेले रु ७१ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दुई सेमिफाइनलिष्ट टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ लफ्याङ र सोही नगरपालिकाको वडा नं. ६ नेर्पालाई प्रतिटिम रु ३५ हजार ५५५ प्रदान गरिएको छ ।

प्रतियोगितामा खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी अनुशासित टिम र मात्तिमका राहुल राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच हजार ५५५ प्रदान गरिएको छ ।

प्रतियोगिताका बेष्ट किपर मात्तिमका उमेश थापा, बेष्ट डिफेन्डर सावाकटहरेका युवराज थापा, बेष्ट मिड फिल्डर सावाकटहरेकै सुविन खड्का, हाइ स्कोरर नेर्पाका बिकी राई, बेष्ट कोच मात्तिमका हिरन राई र द राईजिङ प्लेयर मात्तिमका साहिल राई घोषित भएका छन् । उनीहरुलाई जनही नगद रु तीन हजार ३३३ का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले विजयी टिम र खेलाडीलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले यही फागन–१५ गते क्लबको लोगो (चिन्ह)सहितको बेलुन उडाएर उद्घाटन गर्नुभएको प्रतियोगितामा १२ वडाले मात्र सहभागिता जनाएका थिए ।

प्रतियोगिता समापनको अवसरमा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उदस्य एवम् किराँतकोशी डटकमका सम्पादक भीम राईलाई रु पाँच हजार ५५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

पाँच दिनसम्म चलेको प्रतियोगिता समापनको अवसर पारेर आयोजकले विभिन्न क्षेत्रमा योगदान गर्ने सोल्माबासीलाई सम्मान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई मन्त्री किरातीले दोसल्ला ओढाएर बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ ।

समापन कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकार तथा स्थानीय कलाकारहरुको दमदार प्रस्तुति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

Horoscopes Icon

All Horoscopes