सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २८, २०८०, Khotang

Image

बाम्राङमा हस्तकलाद्धारा सामाग्री बनाउने तालिम शुरु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नंं ३ बाम्राङका महिला तथा किशोरीहरुलाई डल र कुशन बनाउने तालिम शुरु भएको छ । ‘स्वदेशी उत्पादन अभियान, उध्यमीको  सम्मान’ भन्ने मुल नाराका साथ  गृहिणीहरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले वडा नम्बर ३ बाम्राङ र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको संयुक्त पहलमा  वडा कार्यालय बाम्राङमा फागुन २५ गते देखि  चैत्र ९ गते सम्म १५ दिने आधारभूत डल तथा कुसन बनाउने तालिम शुरु भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य मिना कार्कीले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।

वडाको तर्फ बाट रु. १ लाख  र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको तर्फबाट रु. २ लाख गरी जम्मा रु. ३ लाख बजेटमा सिपमुलक तालिम शुरु गरिएको नगर कार्य पालिका सदस्य कार्कीको भनाई छ  । 

तालिमको उद्घाटन गर्दै दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङका वडा अध्यक्ष  महेन्द्र बहादुर रार्ईले नयाँ नयाँ सिप र ज्ञानले महिलाहरुलाई आत्मनिर्भर बन्न टेवा पु¥याउने बताउनु भएको छ । उहाँले पछिल्लो समय बढ्दो प्रयोग हुने हस्तकलाद्धारा निर्मित सामाग्रीहरुको तालिमहरुले महिलालाई उद्यमी बन्न प्रेरित गर्ने पनि बताउनु भएको छ  । वडाध्यक्ष रार्ईले वडामा  आगामी दिनमा पनि महिला तथा बालबालिका लक्षित प्रभावकारी कार्यक्रम ल्याउने तयारी रहेको बताउनु भयो । 

यस्तै कार्यपालिका सदस्य मिना कार्कीले महिलाहरुले सिप ज्ञानका साथै नेतृत्व विकासमा पनि जोड दिनुपर्ने बताउनु भएको छ । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर रार्ई, कार्यपालिका सदस्य मिना कार्की,  नगर कार्यपालिका सदस्य रामकुमार हिङमाङ, खड्ग राई, रेखा रम्तेल, सम्पूर्ण टोल विकास समितिका अध्यक्ष तथा पदाधिकारीहरु, बुद्धिजिवी तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको  थियो । 

तालिममा २६ जना महिलाहरु सहभागी रहेका छन भने उदयपुरबाट आउनु भएकी प्रशिक्षक सिता श्रेष्ठले तालिमको सहजिकरण गरिरहनु भएको छ । 

                      तालिममा सहभागीहरु


 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes