सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १, २०८०, Khotang

Image

खोटाङमा सवारी कारबाहीबाट एकै महिनामा रु.५ लाख बढी राजस्व सङ्कलन


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङ जिल्लामा एकै महिनामा सवारी नियम उलंघन गरेवापत दण्डित हुँदा रु. पाँचलाख वढि राजस्व संकलन भएको थाहा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङद्धारा सवारी नियम उलंघन गर्ने उपर कारबाही गरिदा एकै महिनामा रु. ५ लाख बढी राजस्व सङ्कलन भएको हो । 

चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै ट्राफिक प्रहरी कार्यालय खोटाङले रु. ५ लाख ३९ हजार  ५ सय रुपैँया राजस्व सङ्कलन गरेको जनाइएको छ । गत फागुन महिनामा सवारी नियम उल्लंघन गर्ने उपर सवारी कारबाहीबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको हो । ट्राफिक कार्यालयका नि. इन्चार्ज एवं प्रहरी  हवलदार प्रकाश  खत्रीका अनुसार गत महिनामा साना ठूला गरी ७  सय ३८ सवारी साधन कारबाहीमा परेका छन् ।

सवारी नियम पालना नगरेकामध्ये जीप ४११ वटालाई कारबाही गर्दा रु.२ लाख ९० हजार, मोटरसाईकल १६५ वटाबाट रु. १ लाख ३२ हजार, ट्रक ७२ वटाबाट रु.५१ हजार ५०० सय, ट्रयाक्टर ५२ वटाबाट रु.३७ हजार ५०० सय, टिफर १० वटाबाट रु. ६ हजार ५०० सय, अटो टेम्पो १० वटाबाट रु. ६८ हजार ५०० र बस १८ वटाबाट रु.१४ हजार ५०० सय कारवाहीको प्रकृयामा राजस्व संकलन भएको जनाइएको छ । 

अधिकांश सवारीे साधनहरुमा कागजात चुस्तदुरुस्त नभएका, क्षमता भन्दा बढी यात्रु बोकेका, मापासे गरी सवारी चलाएका लगायतका कमजोरी पाइएकोले कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

Horoscopes Icon

All Horoscopes