सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

चैत्र ५, २०८०, Khotang

Image

साकेलामा सर्वदलीय वैठक - पालिकाको विकासमा दलहरुबाट सहयोग गर्ने प्रतिवद्धता


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको साकेला गाउँपालिकामा भईरहेका विकासका कार्यहरुलाई अघि बढाउन निश्वार्थ भावनाका साथ सहयोग गर्ने क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । साकेला गाउँपालिकाले आईतबार क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग आयोजना गरेको सर्वदलीय वैठकमा प्रतिनिधिहरुले गाउँपालिकाभित्र भईरहेका हरेक विकासका कामहरु प्रति सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । 

गाउँपालिका प्रमुख रवि प्रकाश राईले गाउँपालिकाको तर्फबाट हालसम्म भएको कार्यहरु, सम्पूर्ण संरचनाहरुको संरक्षण तथा स्वामित्व ग्रहण, पूर्ण सरसफाई कार्यक्रम कार्यान्वयनको अवस्था, हाल सञ्चालन भईरहेका र हुने क्रममा रहेका योजना तथा गाउँपालिकाको विकास प्रयासको आगामी कार्यदिशा सम्बन्धि गतिविधिबारे जानकारी गराउनुभएको थियो । 

        सर्वदलीय बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरु

गाउँपालिकाले हाल गरिरहेको कृषि, शिक्षा, पर्यटन, सामाजिक सुरक्षा तथा संरक्षण, खानेपानी, भौतिक विकास, सडक, विद्युत र सामाजिक विकासबारे संक्षिप्त अवधारणा गाउँपालिका प्रमुखको तर्फबाट राख्नुभएपश्चात क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरुबाट गाउँपालिकाको समृद्धिका लागि भईरहेको हरेक विकासका काममा आफूहरुको साथ रहेको प्रतिवद्धता व्यक्त भएको थियो । 

नेपाली काँग्रेसको तर्फबाट पालिका सचिव बबिन कटवाल, नेकपा एमाले पालिका कमिटि अध्यक्ष आश्विनचन्द्र राई, जनता समाजवादी पार्टी जसपाका शिवप्रसाद फुयाल, एकीकृत समाजवादी पार्टीको तर्फबाट फूलकुमार राई र राप्रपा नेपालका अध्यक्ष रामचन्द्र राईले पालिकाको विकासको लागि निरन्तर प्रयत्नशिल भएर लागि पर्ने र निश्वार्थ भावनाका साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको साकेला गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन न्यौपाने खत्रीले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाको विकासका लागि कुनै जातजाति, धर्म, वर्ग, भूगोल, आस्थाको आधारमा विभेद नगरेको बताउनुहुँदै सबै पक्षको साथ, समन्वय र सहकार्यको कारणले पालिकालाई समृद्धिको गन्तव्यमा लैजान सकिने धारणा व्यक्त गर्नुभयो । 

‘हामी साकेला गाउँपालिकालाई आत्मनिर्भर बनाई हरेक क्षेत्रबाट समृद्ध बनाउन मार्गचित्र कोरिरहेका छौं, नीति नियम र कानून बनाएर भविष्यप्रतिको सोंच लिएर अगाडि बढिरहेका छौं, हामीले बनाएको विकासे नीतिलाई कार्यान्वयन गर्न सके समृद्ध साकेला निर्माण गर्न कुनै समय लाग्दैन’– अध्यक्ष राई बताउनुहुन्छ । 

साकेला गाउँपालिकामा भईरहेको भौतिक विकास, आर्थिक सामाजिक क्षेत्रको विकासमा सबै पक्षसँग हातेमालो र समन्वय गरि अघि बढिरहेको अध्यक्ष राईले बताउनुभयो ।

गाउँपालिकाले हालसम्म गरेको र गरिरहेको समग्र क्षेत्रको गतिविधिबारे जानकारी दिने उद्देश्यले सर्वदलीय वैठकको आयोजना गरिएको प्रवक्ता खत्रीले बताउनुभयो । 

साकेला गाउँपालिकामा हालको अवस्थामा छ वटा राजनैतिक दल क्रियाशिल अवस्थामा रहेका छन् । गाउँपालिकाले आयोजना गरेको उक्त सर्वदलीय वैठकमा नेकपा माओवादीको तर्फबाट भने कोही प्रतिनिधि पनि उपस्थित नरहेको जनाइएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

Horoscopes Icon

All Horoscopes