सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ८, २०८०, Khotang

Image

धितुङका अग्निपीडित परिवारलाई राहत सहयोग प्रदान

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा गत चैत ३ गते  चौतारा सामुदायिक वनमा लागेको डढेलो फैलिई नजिकै वस्तिमा रहेको घर तथा गोठहरु जलेर क्षति पुगेका परिवारहरुलाई राहत उपलव्ध गराइएको छ।वनमा लागेको डढेलो फैलिएर स्थानीय ज्ञानमाया रार्ई, टेकबहादुर रार्ई र र्ईश्वरमाया रार्ईको घर तथा घरमा रहेको लत्ता कपडा, अन्नपात लगायत घरेलु चौपाया समेत जलेर क्षति पुगेको हुँदा पीडित परिवारहरुलार्ई बुधवार  राहत रकम तथा बिभिन्न सामाग्रीहरु उपलव्ध गराएको हो ।

वनमा लागेको डढेलो फैलिएर स्थानीय ज्ञानमाया रार्ईको घर र गोठ, टेकबहादुर रार्ईको मुन्डा घर, दुर्ई वटा गोठ र र्ईश्वरमाया रार्ईको गोठसँगै  घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, कागजपत्र जलेर नष्ट भएको कारण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट गैर खाध्य सामाग्रीहरु प्रदान गरिएको रेडक्रस शाखाका मन्त्री छत्रकुमार वजिमयले  बताउनु भयो ।

उहाँका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट आगलागी पीडित परिवारहरु ज्ञानमाया रार्ई र टेक बहादुर राईको परिवारलार्ई  त्रिपाल १/१ वटा , कम्वल १/१ वटा, म्याट्रेस १/१ वटा, साडी १/१ वटा, भाडाकुडा एक /एक सेट, वाल्टी १/१ वटा, प्रिन्ट कपडा ७.५ /७.५  मिटर, सादा कपडा ३.३ / ३.३ मिटर, सुटिङ कपडा ४/४ मिटर, डोरी १/१ मुठा, झुल १/१ वटा र र्ईश्वर माया रार्ईको गोठ मात्रै जलेको कारण त्रिपाल १ वटा, डोरी १ मुठा, कम्बल १ वटा  उपलव्ध गराइएको रेडक्रस शाखाका मन्त्री वजिमयले बताउनुभयो ।  

यसैगरी जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले विपद व्यवस्थापन कोषबाट राहत रकम रु १५/१५ हजार आगलागी पीडित परिवारका सदस्यहरु ज्ञान माया रार्ई र टेक बहादुर राइको परिवारलार्ई  घरमै पुगेर  हिजो हस्तान्तरण गर्नुभएको  जानकारी प्राप्त भएको छ  ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा धितुङ विपद व्यवस्थापन कोषबाट राहत रकम रु १५/१५  हजार उपलव्ध गराईको छ भने खोटाङ प्राकृतिक  प्रकोप कोष हङकङ बाट पनि रु. १५/१५ हजार नगद पीडित परिवार सदस्यहरु ज्ञान माया रार्ई र टेक बहादुर राईलाई उपलव्ध गराइएको हलेसी तुवाचुङनगरपालिका वडा नं. ८ धितुङका वडाध्यक्ष टेकराज रार्ईले जानकारी दिनु भएको छ ।

राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री छत्रकुमार वजिमय, वडा नं. ८ धितुङका वडाध्यक्ष टेकराज राई, स्थानीय प्रहरी चौकीका इन्चार्ज, स्थानीय जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

      अग्निपीडित परिवारहरुलाई राहत सहयोग प्रदान गरिदै

 

[यो पनि ----दिक्तेल रुपाकोट मझुवागढी–१२ जाल्पाका अग्नि

ऐसेलुखर्कका आगलागी पीडित परिवारहरुलाई राहत उपलव्ध

बतासेका आगलागी पीडित परिवारहरुलाई घरैमा पुगेर राहत सहयोग प्रदान }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes