सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ८, २०८०, Khotang

Image

दिक्तेलवजारमा सडक ढलानको बाँकी काम पुनः सुचारु

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लाको  सदरमुकाम दिक्तेलबजारमा सडक ढलानको काम पुनः सुचारु भएको छ । चालु आ.व.मा संघीय सरकारको शहरी विकास मन्त्रालयबाट रु. १ करोड वजेट विनियोजन भएकोमा ठेक्का प्रकृयाबाट रु. ६४ लाखमा जनता डेभ्लपर्स प्रा.लि.सँग सम्झौता गरि विहीवारदेखि सडक ढलानको काम सुचारु गरिएको नगरपालिका प्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनु भएको छ । 

 

विगत वर्षहरुमा दिक्तेलवजारको रत्नपार्कबाट ढलानको काम अगाडि बढ्दै होटल लयालुको अगाडिसम्म सडक ढलान गरिएको छ । त्यस्तै त्रिवेणीचोकदेखि जिल्ला प्रशासन कार्यालय जाने सडकको भवन गैरा तथा कृषि ज्ञान केन्द्र हुँदै होटल शुभदिनको अगाडि भागसम्म ढलानको काम सम्पन्न भएको छ भने हष्पिटलचोकदेखि जिल्ला अदालत हुँदै भानुचोक वरगाछी भएर हाटडाँडासम्म केहीदिन अगाडि ढलानको काम सम्पन्न भएको हो । हाटडाँडादेखि खानीडाँडासम्म कालोपत्रेको कामलाई अगाडि बढाइएको छ ।

होटल लयालुदेखि त्रिवेणीचोक हुदै पुरानो बैँकचोक, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयको अगाडि भाग भने ढलान हुन बाँकी छ । सोही खण्ड अन्तर्गत होटल लयालुदेखि त्रिवेणीचोक तर्फ हाल ढलानको काम सुचारु भएको हो ।

नगरपालिका प्रमुख तीर्थराज भट्टराई भन्नु हुन्छ–‘वजेट अपर्याप्तताले यो आर्थिक वर्षमा दिक्तेलबजारभित्रका सबै भागमा ढलानको काम सम्पन्न नभए पनि धेरै भाग ढलान हुने भएकोले अब आगामी दिनमा विगतमा झैँ हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने समस्या हल हुनेछ ।’ यद्यपि कामको गुणस्तरका विषयमा भने स्थानीयले प्रश्न उठाइरहेको पनि उहाँले बताउनु भयो । यसका लागि स्थानीय वजारवासीले पनि चासो दिनुपर्छ । नगरपालिकाले समेत कामको  सुपरिवेक्षण गर्नेछ ।

जनता डेभ्लपर्स प्रा.लि.ले रु ६४ लाखमा आगामी आषाढभित्र काम सम्पन्न गरिसक्नुपर्ने भएपनि यही बैशाख अन्तसम्म काम गरिसक्ने लक्ष्य रहेको र जति यो वजेटले पुग्छ त्यति मात्रै काम गर्ने प्रा.लिका डार्ईरेक्टर सञ्जिब कटवालले बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes