सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २७, २०८१, खोटाङ

Image

सडक मर्मतमा जुटे दोर्पाका नागरिकहरु

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका स्थानीय वासिन्दा यतिबेला सडक मर्मतका लागि श्रमदान अभियानमा जुटिरहेका छन् । दोर्पाको काउले थापागाउँबाट वडा नम्बर ७ दोर्पा चिउरीडाँडाको वडा कार्यालयसम्म जाने बाटो मर्मत गर्नका लागि गाउँवासीहरु श्रमदानमा जुटिरहेको स्थानीय पदम हिङमाङले जानकारी दिनु भएको छ ।

वर्षादको समय शुरु भैसकेको छ । गाउँ जाने सडकहरु मध्य वर्षादमा हिडिसक्नु हुन्न । तर यो वर्षामा वडाबाट मध्यपहाडी लोकमार्गसम्म सजिलै जान सकियोस भन्ने ध्येयले यो सडक मर्मतका लागि गत बैशाख १५ गतेदेखि दोर्पावासी गाउलेहरु श्रमदान अभियानमा निरन्तर जुटिरहेको हिङमाङ बताउनुहुन्छ ।

जिल्लाको १० स्थानीय तहहरुमा सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ७ दोर्पा चिउरीडाँडाका स्थानीय वासिन्दाहरु आफै पनि श्रमदान अभियानमा हरेक दिन जुटिरहेका छन् भने यो अभियानलाई सार्थक बनाउन देशभित्र या देशबाहिर रहेका सहयोगी शुभेच्छुकहरुबाट समेत  सहयोग रकम संकलन गरिरहेका छन् । हालसम्म सडक मर्मत अभियानका लागि विभिन्न व्यक्तिहरुबाट सहयोग रकम उपलव्ध भैरहेको सडक मर्मत अभियन्ता हिङमाङले हलेसी एफएमलाई बताउनुभयो ।

थापा गाउँदेखि  वडा कार्यालयसम्मको सडक मर्मतका लागि सहयोग रकम उपलव्ध गराउनु हुनेहरुमा रोबिन आचार्यले रु ५ हजार, नयन राईलेले रु ५हजार, उतम राईले रु  १० हजार, मन्जु बुढाथोकीले  रु ५हजार, दिल बहादुर क्षेत्रीले  रु १० हजार, सन्तोष थापाले रु ५ हजार, हिन्द प्रधानले  रु १ हजार पाँच, धिरेन बुढाथोकीले रु १०हजार रकम प्रदान गरिसक्नुभएको छ ।

यसैगरी हरिकुमार राईले रु ५ हजार, चन्डिका राईले रु २ हजार, अदित राईले रु  ५ हजार पाँचसय, बालकृष्ण  राईले रु ५० हजार पाँचसय पचपन्न, कोमल ढकालले रु ५ हजार, पर्शु भट्टराईले रु ५ हजार, कुमार खनालले  रु १० हजार, उदिम कुमार राईले  रु २० हजार, पर्वत राईले रु. १० हजार पाँचसय, घनस्याम आचार्यले रु ५ हजार, जित बहादुर राईले रु. ५ हजार, शम्भु तामाङले रु २ हजार रकम उपलव्ध गराउनुभएको छ ।

यस्तै सडक मर्मत अभियानलाई प्रभावकारी बनाउन सहयोग रकम उपलव्ध गराउने हरुमा दोर्पा चिउरीडाँडा स्थायी  घर भै  हाल कोरियामा रहनु भएका राम कुमार रार्ईले रु २० हजार चारसय पचिस, अनुप रार्ईले रु १० हजार छ सय उनन्सय, राधिका कोई रार्ईले रु ४ हजार ८६३,  रोजिन रार्ईले ५ हजार ३४९,  मन राज रार्ईले रु ५ हजार ३४९, अविशेख रार्ईले रु ५ हजार ३४९, पविन रार्ईले रु ५३४९, नविन किरातीले रु ५३४९,  बलिराज रार्ईले रु ५३४९,  देव राज रार्ईले रु ५ हजार ३४९, रिखिधनले रु. ५ हजार ३४९, पञ्चल कुमार रार्ईले रु ५ हजार ३४९ , तीर्थराज रार्ईले रु ५ हजार ३४९ रुपैयाँ  प्रदान गर्नुभएको छ ।

गाउँको विकासका लागि यो अभियानले गाउँवासीमा पारस्पारिक एकता र आत्मविश्वास समेत बढेको सडक मर्मत श्रम अभियान समितिका कोषाध्यक्ष प्रतिक आचार्य बताउनुहुन्छ । उहाँका अनुसार दोर्पाको काउले थापा गाउँ श्रामदानबाट खुशी भएर यो अभियानलाई सफल बनाउन आर्थिक सहयोग दिने संख्या पनि दिनदिनै बढिरहेको छ । उहाँ भन्नुहुन्छ– ‘हालसम्म सहयोगदाताहरुबाट जम्मा २ लाख ६६ हजार त्रिचालिस रुपैयाँ संकलन भैसकेको छ ।’

नगरपालिकाको जेसिबी र व्यवसायीको ट्रयाक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डा खुल्डी पुर्ने ग्रावेल गर्ने काम भैरेहेको पनि आचार्यले जानकारी दिनु भयो  ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका स्थानीयले थालेको श्रमदान अभियानलाई निकै महत्वका साथ हेरिएको नगर प्रमुख तीर्थराज भट्टरार्ईले बताउनु भयो ।  उहाँले थप्नुभयो–‘यो भन्दा अगाडि बाम्राङमा पनि श्रमदान गरेर बाटो निमार्ण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि केहि महिना अगाडि श्रमदान गरेका छौ । आफू पनि दोर्पाकै नागरिक भएकोले यो अभियानबाट आफू पनि गर्वित भएको छु ।‘

श्रम–सँस्कृतिको यस्तो अभियानलाई आफूहरूको कार्यकालभरि निरन्तरता दिने नगरप्रमुख भट्टरार्ईले बताउनु भयो ।

विहीवार थापा गाउँबाट वडा कार्यालय सम्म जाने बाटो  नगरपलिकाका नगरप्रमुख भट्टरार्ईसँगै प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राई लगायत अन्य सरोकारवालाहरुबाट अनुगमन पनि गरिएको काउले, थापागाउँ–वडा कार्यालय श्रम अभियान समितिका  कोषाध्यक्ष आर्चायले जानकारी दिनुभयो ।

p
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पास्थित जनसेवा नगर अस्पतालको...

हलेसीन्यजुडेस्क, खोटाङ / खोटाङमा सञ्चालन भैरहेको वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

Horoscopes Icon

All Horoscopes