सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र १८, २०८१, Khotang

Image

खिदिमाका नागरिकहरुले जनश्रमदान जुटाएर काठेपूल निर्माण गरे


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय नागरिकहरुले स–साना काम गर्दा पनि सरकारको मुख ताक्ने प्रवृत्तिलाई त्याग्दै आफ्नै खर्च र जनश्रमदान जुटाएर पुल निर्माण गरेका छन् । साविकको वडा नम्बर ९ मखमलेदेखि बोरा टोलसम्म तर्ने बोराखोलामा स्थानीय नागरिकहरुले निजी खर्च तथा जनश्रमदान मार्फत व्यवस्थित काठेपुल निर्माण गरेका हुन् । 

स्थानीय मखमले र तावाभञ्ज्याङका करीव ४० जना स्थानीयहरुले लगातार तीन दिनसम्म जनश्रमदान गरेर करीव १२ मिटर लम्म्बाईको एक लाख ५० हजार रुपैंया बराबरको पुल निर्माण सम्पन्न गरेको पूर्ण सरसफाई कार्यक्रमका उत्प्रेरक नवीन श्रेष्ठले जानकारी दिनुभयो । उक्त पुल निर्माण गर्नका लागि २० किवि सल्ला र ३० किवि पात्लेको काठ प्रयोग गरिएको छ । 

वर्षादको समय उक्त खोलामा बाढी आउँदा विद्यार्थी तथा स्थानीयवासीलाई निकै कष्ट हुँदै आएको थियो भने प्राथमिक तह अध्ययनका लागि विद्यालय सम्म पुग्न बालबालिकालाई कठिन हुँदै आएको थियो । उक्त पुल बनेपछि आवत–जावतमा स्थानीय नागरिक तथा विद्यार्थी बालवालिकालाई सुविधा पुगेको उक्त वडाका वडा अध्यक्ष गोविन्द तामाङले बताउनुभयो । 

बोरा टोलका टोल अध्यक्ष तथा टोलस्तरीय पूर्ण सरसफाई संयोजक नैन बहादुर खत्रीको नेतृत्वमा पुल निर्माण गरिएको हो । जनश्रमदानमा वडा अध्यक्ष गोबिन्द तामाङ र पूर्ण सरसफाइ अभियान उत्प्रेरक नवीन श्रेष्ठको समेत सहभागिता रहेको थियो । गाउँटोलमा भईरहेको महत्वपूर्ण विकास निर्माणको कार्य स्थानीय आफै सक्रिय भएर सम्पन्न गर्ने कार्य अत्यन्तै सह्रानीय भएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । स्थानीयबासी नागरिकहरु आफ्नो टोल र समाजमा हुने विकासका कार्यमा स्वतःस्फूर्त लाग्दा परिवर्तन आफै हुँदै जाने अध्यक्ष राईको भनाई छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes