सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ४, २०८१, खोटाङ

Image

सबै निर्माणका कामहरु यस्तै भैदिए.........!


हलेसीन्युजडेस्क, खोटाङ /

नेपालमा निर्माण व्यवसायी कम्पनीहरुले राज्यको भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी लिएर निर्धारित समयमा सम्पन्न गर्न नसकी वर्षौसम्म अलपत्र छाड्ने गरेको प्रसस्त दृष्टान्तहरु पाइन्छन् । उनीहरुले काम गर्न नसके पछि सरकारले उनीहरुसँग भएको सम्झौता भंग गरेर बैकल्पिक उपायबाट काम गर्न लाग्दा उल्टो न्यायालयमा जाहेरी हालेर उक्त काम नै जटिलतातिर फसाइदिने समाचारहरु पनि  पर्याप्त पढ्ने गरेका छौँ । तर त्यसको ठीक उल्टो खोटाङमा दुइवटा सडकपुल तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरेर चर्चा र प्रसंसा बटुलिरहेको प्रसंगलाई यहाँ प्रस्तुत गरिएको छ ।

मध्यपहाडि लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा महिना दिनअघि नै मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र सोही नगरपालिकाको वडा नं. ६ नेर्पास्थित मेवाखोलामा निर्माणाधीन मोटरेबल पुलको काम निर्धारित समयपूर्व नै सम्पन्न भएको हो । 

वि.सं. २०८१ असार–२२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी वि.सं. २०७९ असार–२२ गते केएम इन्जिनियर्स विल्डर्स प्रा.लि.ले सडक विभागसँग सम्झौता गरेको थियो । भ्याट बाहेक रु सात करोड ७४ लाख २५ हजारमा २०/२० मिटर लम्बाईको ती दुवै सडकपूलको निर्धारित समयाअव्धि पूर्व नै निर्माण कार्य सम्पन्न भएको हो ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको एप्रोच रोडको कामसमेत सम्पन्न भएको पाइएको छ । तोकिएको समय अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावतमा समेत सहज भएको पाइएको छ ।

सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाईको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो ।

वि.सं. २०८० कातिक–११ गते पुल बनाइसक्नेगरी वि.सं. २०७८ मङ्सिर–१४ गते भ्याट बाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपेको हो ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको पुलको अन्तिम भुक्तानी लिएर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सगरमाथा सजिव जेभीका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिनुभएको छ । छेपेखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुलको पहिलो पटक थपिएको समयसीमा असार–२५ गते सम्पन्न हुँदैछ ।

अब छिमेकी जिल्ला भोजपुर जोड्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम भने अझ सम्पन्न हुन बाकी रहेको छ । सिरुवा कन्ट्रक्सन काठमाडौँले निर्माणको जिम्मा पाएको हो, तर काम नगरेपछि गत सालको जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पंखु खोला पुलको लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको भन्दै जिल्लावासीले असन्तुष्टी पोख्न थालेका छन् ।

यसैगरी दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडक कालोपत्र अझसम्म हुन सकेको छैन । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीले जिम्मा लिएको यो सडकखण्ड कालोपत्रे हुन नसक्दा वर्षाद लागेपछि उक्त सडकखण्डमा यातायात सञ्चालन कष्टप्रद हुने गरेको छ 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes