सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २६, २०८०, Khotang

Image

खोटाङमा सञ्चालित विकास आयोजनाहरुको अर्धवार्षिकी समिक्षा सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ 

खोटाङमा चालु आर्थिक वर्षमा सञ्चालन भएका विकास आयोजनाहरुको प्रगति समिक्षा भएको छ । आइतवार जिल्ला समन्वय समिति खोटाङको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका १० वटा पालिका र विषयगत कार्यालयहरुद्धारा जिल्लामा सञ्चालन भैरहेका विभिन्न योजना र योजनामा भएको प्रगति तथा समस्याका बारेमा अर्धवार्षिकी समीक्षा गरिएको हो ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहल दिक्तेलमा आयोजित कार्यक्रमको विहान ८.०० वजे कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका साँसद रामकुमार राई पासाङले पानसमा बत्ति बालेर व्यानर वाचन गर्दै उद्घाटन गर्नु भएको थियो ।

पालिका र विषयगत कार्यालयहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमाथि दिनभरि नै छलफल भएर वेलुकी ७.३० वजे समिक्षा बैठक समापन गरिएको जिल्ला समन्वय समितिका प्रमुख राईले बताउनुभयो । समिक्षा बैठकमा मध्य पहाडी लोकमार्ग अन्तर्गत भएको कामको ढिलाई, अस्पतालचौक देखि लफ्याङ हुदै साप्सुखोला सडक खण्डको वजेट काटिएको, मौरे फोक्सिङटार सडकको ढिलाई, कृषि गतिविधि, खानेपानीका विषयमा सहभागीहरुबाट सरोकारवाला कार्यालयका प्रमुखहरुसँग तिखो प्रश्न गरेका थिए । 

सहभागीहरुले आगामी दिनमा जिल्लाको विकास र समृद्धिका लागि सञ्चालनमा आएका योजनाहरुको सही कार्यान्वयन गदै कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउन सुझाव समेत दिएका थिए ।

सोही अवसरमा पालिका तथा विभिन्न कार्यालयहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित योजनाहरुका बारेमा जिल्ला समन्वय समिति खोटाङद्धारा तयार गरी प्रकाशन गरिएको पुस्तक ‘खोटाङको वर्तमान विकास प्रयास’ सहभागीहरुलाई उपलव्ध गराइएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य पाँचकर्ण राई (पिके), जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख ववि चाम्लिङ, जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यहरु,पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes