सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ९, २०८०, Khotang

Image

हलेसीतुवाचुङका आमा समूहलाई नगरपालिकाबाट वीउपूजि वितरण

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १४ आमा समूहलाई बीउ पुँजी रकम वितरण गरेको छ । नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई गाउँमै रहेर विभिन्न आय आर्जनमा थप सहयोग पुगोस भनेर नगरपालिकाबाट  चालु आर्थिक वर्षको बीउ पुँजी घुम्ती कोष कार्यक्रम मार्फत रु. १ लाख रकम बिहीवार आमा समुहको खातामा उपलव्ध गराइएको हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख रमेश कुमार राउतले जनकारी दिनु भयो  । 

 

 ११ वडा रहेको हलेसी  तुवाचुङ नगरपालिकामा स्वायंसेविका  मातहतका हाल १२५ वटा र अन्य आमा समूहहरुलार्ई जोड्दा करिब १२९ आमा समूह रहेको उपप्रमुख राउत बताउनुहुन्छ । 

नगरपालिकाले उपलव्ध गराएको रु.१ लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक भन्दा निकै कम व्याजदरमा समूहकै सदस्यहरुलाई आय आर्जनका क्षेत्रमा ऋण लगानी गर्ने व्यवस्था मिलाइएको  जनाइएको छ । बीउ पुँजी लिएपछि बाख्रा, बंगुर, कुखुरा, तरकारी खेती लगायतका व्यवसाय सञ्चालन गर्ने  र आमा समूहबाट ऋण लिने व्यक्तिले ५ महिनादेखि १० महिनाभित्र  ऋण र व्याज फिर्ता गर्नुपर्ने व्यवस्था  रहेकोे  बताईन्छ । 

नगरपालिकाले गत वर्ष नियमित बचत गर्दै आएका १५ आमा समूहलाई पनि बीउ पुँजी रकम बितरण गरेको थियो  ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes