सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २८, २०८०, Khotang

Image

अपाङ्गता रोकथाम र पुनःस्थापना सम्बन्धि अभिमुखिकरण सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको साकेला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको प्रमुख आथित्यता तथा उपाध्यक्ष बिर्सिका राईको सभापतित्वमा मंगलवार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था करुणा फाउण्डेसन र साकेला गाउँपालिकाले निवर्वाचित जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा वडा सचिवहरुलाई भेला गराएर अभिमुखिकरण गराएको हो । 

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले सुसंस्कृत, संस्थागत र समृद्ध पालिका निर्माण गर्नका लागि हामी सबै क्षेत्रमा उत्कृष्ठ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । गाउँपालिकालाई समृद्ध बनाई देशभरीकै स्थानीय तहहरुमध्ये साकेला गाउँपालिकालाई उत्कृष्ठ र नमूना गाउँपालिका बनाउने अभियानमा लागिरहेको बताउँदै उहाँले बनेका मार्गचित्रलाई कार्यान्वयन गर्न सके देशकै उत्कृष्ठ गाउँपालिका बन्ने धारणा व्यक्त गर्नुभयो ।

प्रयत्न र कोशिस गर्दा सम्भव नहुने केही नभएको बताउँदै उहाँले हामी निर्वाचन भएर आएपश्चात कार्यालय परिवेश र कर्मचारीवर्गमा थुप्रै परिवर्तन गर्न सफल भएको बताउनुभयो । सिङ्गो देश, सात प्रदेश र ७५३ वटा स्थानीय तहहरुले नदेखेको सपना हामीले देख्यौं र योजना बनायौं अध्यक्ष राईले थप्नुभयो– उक्त योजनालाई कार्यान्वयन गर्नका लागि नीति र विधि बनाएर काम गरिरहेका छौं त्यसका लागि सबै राजनीतिककर्मी, विषयविज्ञ व्यक्तिहरु, नागरिक समाज, स्थानीयवासी लाग्न जरुरी छ ।

उहाँले पालिकाले आयोजना गरेको अध्यक्ष र उपाध्यक्ष सरिक हुने हरेक कार्यक्रममा विषयगत कर्मचारी र जनप्रतिनिधिहरु संवेदनशिल बनेर सहभागि हुन आग्रह गर्नुभयो । 
साकेला गाउँपालिकामा यस चालु आर्थिक वर्षदेखि साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपालको ३३% ÷ ३३% लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धि कार्यक्रम सञ्चालनमा रहेको छ । 

यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ भने अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्नेछ । 

३ वर्ष अवधिको सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भएको हो भने आगामी २०८३ पुष मसान्तसम्म संचालन हुनेछ । यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्यक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष राईको भनाई छ । 

दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।

 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes