सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ३०, २०८०, Khotang

Image

एमाले खोटाङ पहिलो पटक मतदानबाट नेतृत्व चयन गर्दै


हलेसीन्युजडेस्क, खोटाङ

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आँठौ जिल्ला अधिवेशनमा  सहमतिको आधारबाट  नेतृत्व चयन गर्ने वातावरण नभएपछि अन्ततः निर्वाचनको प्रकृयामा अगाडि बढेको छ ।

आज (शुक्रवार) विहान १० वजेदेखि नै मतदान शुरु भएको स्थलगत रिपोर्टिङमा रहनुभएको हलेसी एफएम संवाददाताले बताउनुभयो । अहिले प्रतिनिधिहरुबाट मतदान जारी छ ।

निर्वाचनमा ५७९ जना प्रतिनिधिले मताधिकार प्रयोग गरी तीनवर्षे कार्यकाल हाँक्ने नेतृत्व चयन गर्नेछन् । एमाले खोटाङको विगत अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुदै आएकोमा यो पटक निर्वाचन प्रणाली अख्तियार गरिएको पहिलो अधिवेशन बताइन्छ ।

निर्वाचन कमिटिले बिहीबार राती ९ः३० बजेपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।

निर्वाचन कमिटिका अनुसार अध्यक्षमा रामप्रसाद दंगाल र देवविक्रम राईको उम्मेदवारी परेको छ । दंगाल वर्तमान अध्यक्ष र राई उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा कुमार प्रसाद आचार्य र उपिन कुमार राईको प्रतिस्पर्धा हुदैछ । आचार्य पार्टीको वर्तमान सचिव र राई सचिवालय सदस्य हुनुहुन्छ । सचिवमा सुरेन्द्र कुमार राई निर्विरोध चयन हुनुभएको छ । राई यसअघि पार्टीको उपसचिव हुनुहुन्थ्यो ।

पुरुष उपसचिवमा गीरेन्द्र बहादुर राई, कमल ढकाल, गोपालचन्द्र आचार्य, गोपिकृष्ण खड्का, चक्र बहादुर राई (दिलचक्र), दिनेश कुमार राई, राजन कुमार बन्जारा, युवराज रिजालले प्रतिस्पर्धा  गर्नुहुनेछ। महिला उपसचिवमा कविता राई र भगवती प्रधान उम्मेदवार हुनुहुन्छ ।

बुधबार दिक्तेलबजारस्थित बहुउद्देश्य कभर्डहल माटिकोरेमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवंम् बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अधिवेशन उद्घाटन गर्नुभएको थियो ।

[ यो पनि-एमाले आठौँ जिल्ला अधिवेशनको उद्घाटन सम्पन्न / आज नेतृत्व चयन हुने }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes