सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ३०, २०८०, Khotang

Image

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित


हलेसीन्युजडेस्क, खोटाङ

नेकपा एमाले खोटाङको आठौँ जिल्ला अधिबेशनबाट जिल्ला कमिटि अध्यक्षमा देवविक्रम राई निर्वाचित हुनुभएको छ । शुक्रवार बिहान १० वजेदखि १ वजेसम्म दिक्तेलको माटिकोरेस्थित बहुउद्देश्य कर्भडहलमा भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी रामप्रसाद दंगाललाई १५२ मतले पछि पार्दै राई नेकपा एमाले जिल्ला कमिटि खोटाङको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन कमिटिले घोषणा गरेको परिणाम अनुसार राईले ३३९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी रामप्रसाद दंगालले १८७ मत प्राप्त गर्नुभएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुईपा निवासी राई यस अगाडिको कमिटिको उपाध्यक्ष र दिप्रुङचुइचुम्मा गाउपालिका–४ वतासे निवासी दंगाल अध्यक्ष हुनुहुन्थ्यो । 

यसैगरी उपाध्यक्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुमारप्रसाद आचार्य ३५८ मत ल्याएर निर्वाचित हुनुभएको छ् । उहाँका निकटतम प्रतिद्धन्द्धी उपिनकुमार राईले १३४ मत प्राप्त गर्नुभएको छ । सचिवमा भने हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सुरेन्द्र कुमार राई विहीवार नै निर्विरोध चयन भै सक्नुभएको थियो ।

पुरुष एकजना उप–सचिवमा १४० मत प्राप्त गरेर खोटेहाङ गाउँपालिका-७ खोटाङवजारका राजन कुमार बन्जारा निर्वाचित हुनुभएको छ । उहाँका निकट्तम प्रतिद्धन्दी गीरेन्द्र बहादुर राईले १३५ मत प्राप्त गर्नुभएको छ । राई हाल ऐसेलुखर्क गाउँपालिकाका अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

उप–सचिवका अन्य प्रतिस्पर्धीहरुमा चक्र बहादुर राई(दिलचक्र)ले ६२, दिनेश कुमार राईले ४९, कमल ढकालले २३, गोपिकृष्ण खड्काले ३३ र युवराज रिजालले २४ मत पाप्त गर्नुभएको जनाइएको छ ।

महिला एकजना उप–सचिवमा कविता राई ४१२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी भगवती प्रधानले ८० मत प्राप्त गर्नुभएको छ । 

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार आठौँ अधिवेशनको उद्घाटन गर्नु भएपछि विहीवार दिनैभरी सहमतिबाट नेतृत्व चयनका लागि गरिएको प्रयास विफल भएपछि शुक्रवार निर्वाचन कमिटमार्फत मतदान प्रकृयाबाट नेतृत्व छनौट भएको हो ।

[ यो पनि-एमाले खोटाङ पहिलो पटक मतदानबाट नेतृत्व चयन गर्दै }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes