सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ६, २०८१, Khotang

Image

खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ को आयोजना गरिदै


हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक  तथा पर्यटन महोत्सव–२०८१’को आयोजना गरिने भएको छ । आगामी बैशाख ३१ गतेदेखि जेष्ठ १० गतेसम्म आयोजना हुने ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक  तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत कराते, खुल्ला म्याराथन, सांगीतिक र साहित्यिक प्रतियोगिता जस्ता विविध विधाहरुलाई एकैपटक समेटिएर आयोजना गरिने भएको हो ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा नेपाल सितोरियो कराते संघ खोटाङको व्यवस्थापनमा हुने महोत्सवमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला हाफ म्याराथन प्रतियोगिता, विभिन्न उमेर समूहको दौड प्रतियोगिता र साहित्यिक तथा साँगीतिक प्रतियोगिता समेटिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बुधवार एक पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

सोही पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट कार्यक्रमको शेड्युल सार्वजनिक गरेअनुसार वैशाख–३१ गतेदेखि जेठ–१ गतेसम्म एथ्लेटिक्स, जेठ–३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ–६ गते खुला गायन प्रतियोगिता र जेठ–८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने जनाइएको छ ।

महोत्सवमा सहभागी हुने सबै विधाहरुका विजयीहरुलाई आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ अन्य विधाहरुमा लागेका प्रतिभाहरुलाई समेत प्रोत्साहन गरी राष्ट्रिय अन्तराष्ट्रिय जगतमा खोटाङलाई चिनाउन सक्ने व्यक्तित्वका रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्ने उद्धेश्यले जिल्लामै पहिलो पटक खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटनलाई समेटेर बृहत् महोत्सवको आयोजना गरिएको आयोजकको भनाई रहेको छ । 

एघार दिनसम्म सञ्चालन हुने महोत्सव करिब रु ५० लाख वजेटमा सम्पन्न गर्ने लक्ष्य रहेको तथा चन्दा सङ्कलन र दाताको सहयोगमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिएको बताईन्छ ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes