सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ६, २०८१, Khotang

Image

लफ्याङमा ‘साविक वडा स्तरीय खुल्ला पुरुष भलिवल तथा साँस्कृतिक कार्यक्रम प्रतियोगिता’ सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘साविक वडा स्तरीय खुल्ला पुरुष भलिवल तथा साँस्कृतिक कार्यक्रम प्रतियोगिता’ सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद–राष्ट्रका लागि खेलकुद” भन्ने मूलनाराका साथ खोटाङ स्पोर्ट क्लवद्धारा वडा नं. ५ लाफ्याङस्थित बास्तोला गाउँको खेलमैदानमा भलिवल प्रतियोगिताका साथ विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी बुधवार सम्पन्न गरिएको हो  ।

 

बैशाख ३ गतेबाट सञ्चालन भएको भलिवल, खुल्ला नृत्यसँगै अन्य विविध प्रतियोगितात्मक कार्यक्रमको समापन स्थानीय जेष्ठ नागरिक नारायण बास्तोलाको  सभापतित्व तथा  दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खोटाङ स्पोर्ट क्लवका अध्यक्ष जितेन रार्ईले जानकारी दिनु भएको छ । 

भलिवल प्रतियोगितामा ओखल्ढुङ्गाको सिद्धिचरण नगरपालिका–१ प्रथम, रावाबेसी गाउँपालिका–१ कुभिन्डे द्धितिय, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा दुम्ली तेश्रो र  साविक नेर्पा सान्त्वना स्थान ओगट्न सफल भएको जनाइएको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना  हुने टिमलार्ई क्रमशः रु.३५ हजार, रु. २० हजार, रु. ११ हजार र रु. ५ हजारका  साथ मेडल तथा प्रमाणपत्र  प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । 

विधागत पुरस्कारहरुमा सर्वोत्कृष्ट खेलाडीलार्ई रु २ हजार, उत्कृष्ट सटरलाई रु १ हजार,  उदीयमान खेलाडीलाई रु १ हजारको साथमा प्रमाणपत्र  प्रदान गरिएको  पनि जनाइएको छ  । 

यस्तै खुल्ला नृत्य तर्फ प्रथम सरोज श्रेष्ठ, दोस्रो समपर्ण रार्ई र तेस्रो विनोद बि.क. भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलार्ई क्रमश रु.३ हजार, रु.२ हजार र रु.१ हजारको साथ प्रमाणपत्र प्रदान गरिएको छ । 

यसैगरी गायन तर्फ हरिता मगर प्रथम, अनिस अधिकारी द्धितीय र समिक्षा खत्री तृतीय भएका छन् । सहभागीहरुलार्ई क्रमश रु. ३ हजार, रु. २ हजार र रु.१ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको खेल ब्यवस्थापक  सुमन बास्तोलले जानकारी दिनुभयो ।  

३ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका विभिन्न जातजातिले आफ्नो मौलिक झाँकीहरु  समेत प्रस्तुत गरेका थिए ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes