सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ८, २०८१, Khotang

Image

जन्तेढुङ्गा गाउँपालिकाको वडा-वडामा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र गाउँपालिकाको साझेदारी तथा राष्ट्रिय अपांगता महासंघको प्राविधिक सहयोगबाट अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भैरहेको छ । गाउपालिकाको सबै वडाहरुमा बैशाख ६ गते देखि ११ गतेसम्म अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण, अपांगता परीचयपत्र वितरण तथा आबश्यकता पहिचान शिविर सञ्चालन भैरहेको हो ।

बैशाख ६ गते वडा नं. २ बोपुङमा पहिलो शिविर सञ्चालन भै ५१ जनालाई विभिन्न वर्गको परिचयपत्र वितरण गरिएको पालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो । विवरण संकलन गर्दा ७० जनाले नाम दर्ता गराएको तर ५८ जना शिविरमा उपस्थित भएको र उहाँहरुको स्वास्थ्य परीक्षण गरिँदा ५१ जनाको नाम सिफारिस भएपछि उहाँहरुलाई परिचयपत्र प्रदान गरिएको उपाध्यक्ष खड्काले बताउनुभयो ।  सोही शिविरमा आफू घुँडा दुख्ने र सहजताका साथ हिडडुल गर्न नसक्ने भन्दै गोरुगाडा चढेर २ घण्टाको बाटो छिचोल्दै ५८ वर्षीय गोविन्द राई पनि परिचयपत्रका लागि आउनुभएको थियो । तर उहाँको स्वास्थ्य परिक्षण पछि थप उपचारका लागि रिफर गरिएको जनाइएको छ ।

त्यस्तै ७ गते वडा नं ३ काहुलेमा शिविर सम्पन्न भएको थाहा भएको छ । काहुलेमा विवरण संकलन गरिदा ४१ जनाको नाम दर्ता भएको र शिविरमा ३७ जना उपस्थित भएकोमा स्वास्थ्य परिक्षण गरिँदा ३४ जनाको सिफारिस भएपछि उहाँहरुको शारीरिक अवस्थानुसार विभिन्न वर्गको परिचय पत्र प्रदान गरिएको उपाध्यक्ष खड्काले जनाउनुभयो ।

यसैगरी बैशाख ८ गते डमर्खुशिवालय, ९ गते दिप्लुङ, १० गते देविस्थान र ११ गते चिसापानीमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको शिविर रहने बताइन्छ । वडा कार्यालयबाट टाढा रहने शारीरिक रुपमा अशक्तहरुका लागि पालिकाबाट घरमै पुगेर स्वास्थ्य परिक्षण गरी परिचयपत्र प्रदान गरिने जनाइएको छ ।

तस्विरमा शिविरका केही झलकहरु

 


 

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

Horoscopes Icon

All Horoscopes