सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १३, २०८१, खोटाङ

Image

धितुङका विपन्न परिवारलाई वडाबाट घर छाउन जस्तापाता


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा १४ विपन्न परिवारहरुलाई वडाको तर्फबाट घर छाउन जस्तापाता उपलव्ध गराइएको समाचार प्राप्त भएको छ ।  चालू आर्थिक वर्ष २०८०/८१ मा छुट्टयाइएको रु ७ लाख वजेटबाट जस्तापाता खरिद गरि वडा भित्रका विपन्न १४ घर पहिचान गरी घर छाउन जस्तापाता उपलव्ध गराइएको हो ।

वडाको नागरिक आवास जस्ताछाना कार्यक्रम अन्तर्गत विभिन्न परिवारबाट दिइएको निवेदनका आधारमा वडाले स्थलगत अध्ययन गरेर वजेटको परिधिमा रही आवश्यकता र विपन्नताका आधारमा प्राथमीकिकरण गरेर यो वर्ष १४ घरलाई जस्तापाता उपलव्ध गराईको वडाध्यक्ष टेकराज राई भन्नुहुन्छ । उहाँका अनुसार गत वर्ष दलित  विपन्न परिवारलाई प्राथमिकतामा राखेर ११ घरलाई जस्तापाता उपलव्ध गराइएको थियो । यो वर्ष २१ विपन्न परिवारहरुको निवेदनमध्ये १४ घरलाई उपलव्ध गराउन सम्भव भयो ।

यो वर्ष धितुङ साविक वडा नं. १ का इन्द्रबहादुर राई र निर्मला दाहाल, साविक वडा नं. २ का रहनशेर राई, साविक वडा नं. ३ का चन्द्रबहादुर कार्की र जंगबहादुर भुजेल, साविक वडा नं. ४ का रामबहादुर खड्का, साविक वडा  नं. ५ का राजबहादुर कार्कीका परिवारले नागरिक आवास जस्ता छाना कार्यक्रम अन्तर्गत जस्तापाता प्राप्त गर्नुभएको छ । 

यस्तै अन्य परिवारहरुमा साविक वडा नंं ६ का लक्ष्मीसरा राई, साविक वडा नं. ७ का परशुराम राई, विम्बा राई र एकबहादुर राई, साविक वडा नं. ८ का एकबहादुर विष्ट र ठाकुरबहादुर वुढाथोकी, साविक वडा नंं ९ का कटकबहादुर राईले जस्तापाता पाउनु भएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष राई भन्नुहुन्छ–‘ यो वर्ष भूकम्प पुननिर्माणमा नपरेका विपन्न घरपरिवारलाई प्राथमिकता दिइएको छ । आगामी वर्ष पनि यो कार्यक्रमले निरन्तरता पाउने छ ।’ 

जंगल पाखोमा खर पाउन मुश्किल पर्दै गएको र खरको छानो लामो अव्धिका लागि नटिक्ने कारण गाउँमा सबैले जस्ता लाउने गरेका छन् । तर विपन्न परिवारका लागि त्यो सम्भव नहुँदा वडाबाट सहयोग हुन थाले पछि त्यस्ता परिवारले राहत महसुस गर्न थालेको बताइन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

Horoscopes Icon

All Horoscopes