सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २१, २०८१, खोटाङ

Image

नयाँ नेतृत्व चयन गर्दै नेपाल आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन सम्पन्न

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक

हलेसीन्युजडेस्क, खोटाङ /

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको चौथो अधिवेशन सम्पन्न भएको छ । निर्वतमान अध्यक्ष फुर्वा शेर्पाकै अध्यतामा १७ सदस्यीय जिल्ला समन्वय परिषद गठन गर्दै महासंघ खोटाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको  हो ।

बैशाख १९ गते दिक्तेलस्थित समिक्षालय हलमा महासंघको उद्घाटन भै २० गते अधिवेशनको बन्द सत्रबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका शेर्पा अध्यक्षमा पुनः दोहोरिनुभएको जनाइएकोछ ।

महासंघले बिहीबार अपरान्ह दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा शेर्पा ,वरिष्ठ उपाध्यक्षमा एलबी मगर, महिला उपाध्यक्षमा पदम कुमारी सैंजु र पर्शुराम तामाङ चयन हुनुभएको जानकारी गराइएको छ ।

यसैगरी सचिवमा सप्तमणि राई, सह–सचिव तीनजनामा वीरेन गुरुङ र बाँकी दुई जना सह–सचिव मनोनित गरिने जनाईएको छ । कोषाध्यक्षमा किसन भुजेल रहेका छन्।  सदस्यहरुमा रविन सुनवार, निर्मल राई, यादव श्रेष्ठ, चित्रकला भुुजेल, भुवन राई र संगीता राई रहेका छन्। दुईजना सदस्य जातियता, संख्या र भुगोलका आधारमा मनोनित गरिनेछ।

तर महासंघको यो नेतृत्व चयनप्रति केही जातीय संस्थाहरुले आपत्ति जनाउदै विज्ञप्ति सार्वजनिक गराएकाछन् । अधिवेशनले सबैको भावना समेटेर नेतृत्व चयन गर्नुपर्नेमा केही व्यक्तिहरुको स्वार्थका कारण सुनियोजित तरिकाले विधान विपरित चक्रिय प्रणालीलाई बेवास्ता गर्दै नेतृत्व चयन गरेको भन्दै किरात याक्थुम चुमलुङ, नेपाल मगर संघ जिल्ला कार्य समिति र नेपाल माझी उत्थान सेवा समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन मण्डल नै कब्जा गरी लोकतान्त्रिक विधि र पद्धतिलाई अबलम्बन गर्न समेत बन्देज गरेर नेतृत्व चयन गरेको भन्दै असहमति जाहेर गरेका छन् ।

                      असहमति जनाउदै निकालिएको प्रेस विज्ञप्ति

 

[ यो पनि- नेपाल आदिवासी जनजाति महासंघद्धारा खोटाङको चौथो जिल्ला अधिबेशन उद्घाटन सम्पन्न }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes