सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १८, २०८१, खोटाङ

Image

साकेलाको पाँचै वडामा मिलीजुली समूह गठन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकामा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरुको उत्थान, पुनस्थापना र सहयोग प्रदान गर्ने उदेश्यले मिलीजुली समूह गठन गरिएको छ । गाउँपालिकास्थित महिला तथा बालबालिका शाखा र करुणा फाउण्डेसनको सहजीकरणमा पालिकाभित्रका पाँच वटै वडामा मिलीजुली नामक समूह गठन गरिएको हो । 

मिलीजुली समूह अन्तर्गत वडा नम्बर १ बाँझेच्यानडाँडामा बिनोद राईको अध्यक्षतामा नौ सदस्यीय समूह गठन गरिएको छ । त्यस्तै वडा नम्बर २ रतन्छामा मन कुमार राई, वडा नम्बर ३ खिदिमामा विनोद राई, वडा नम्बर ४ मात्तिममा मनोज आचार्य र वडा नम्बर ५ मात्तिमबिर्तामा मान बहादुर राईको अध्यक्षतामा नौ/नौ सदस्यीय मिलीजुली समूह गठन गरिएको जनाइएको छ ।

साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपालको ३५÷३५ प्रतिशत लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा यस गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धी कार्यक्रम सञ्चालन भईरहेको छ । सोही कार्यक्रम अन्तर्गत पालिकाभित्रका वडाहरुमा समूह निर्माण गरिएको बताईएको छ ।

यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनःस्थापना लगायतका कार्यक्रम गर्नेछ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरण, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्नेछ । ३ वर्ष सम्म चल्ने सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भएको हो भने २०८३ पुष मसान्तसम्म संचालन हुनेछ ।

यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । सम्झौता अवधि समाप्त भएपश्चात पनि दीर्घकालीन रूपमा सोकला गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै लगिने सोचई रहेको उहाँको भनाई छ । 

राष्ट्रिय जनगणना-२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएकाछन् ।

 

[ यो पनि-अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि शिविर सुरु  }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes