सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १६, २०८०, Khotang

Image

जन्तेढुंगा–६ दिप्लुङमा बाँसबाट घरेलु सामाग्री निर्माण गर्ने तालिम दिइयो

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बाँसबाट विभिन्न घरेलु सामाग्री बनाउने १५ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । वडा नं.६ दिप्लुङस्थित निगालवासमा गाउँपालिकाको चालू आवमा विनियोजित बजेट रु १ लाखमा बाँसबाट विभिन्न आकर्षक घरेलु सामाग्री बनाउने  १५ दिने पुनर्ताजगी तालिम गत फागुन ३० गते शुरु भै चैत्र १४ गते समापन गरिएको हो ।

 

 

गरिबी निवारण लघु उद्यम विकास कार्यक्रम (मेडपा)को सहजीकरणमा सञ्चालन भएको एडभान्स बाँसको फर्निचर तथा हस्तकला सिप विकास तालिममा गत वर्ष आधारभूत तालिम लिएका स्थानीय नौ जनालाई सहभागी गराईएको पालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार गाउँघरमा अत्यधिक मात्रामा पाइने बाँसको राम्ररी उपयोग गर्न नसकिरहेको अवस्थामा यो तालिमबाट स्थानीयवासीले हातबाट घर अफिसमा प्रयोग हुने कुर्सी टेवल, फुलदानी, कप लगायत विभिन्न आकर्षक सामाग्री बनाएर विक्री वितरण गर्न सक्ने भएका छन् । यसबाट उनीहरुको अतिरिक्त आम्दानी बढ्ने उहाँ बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ–‘तालिम अवधिमा बनाइएका कतिपय सामाग्रीहरुको तत्कालै माग आइसकेको छ ।’

उदयपुर जिल्लास्थित त्रियुगा नगरपालिका वडा नं २ निवासी प्रशिक्षक पदमनाथ फुयाँलले प्रशिक्षार्थीहरुलाई सिप विकास सम्बन्धि तालिमको प्रशिक्षण दिनुभएको थियो ।

वडाध्याक्ष सागर राईको अध्यक्षतामा सम्पन्न एड्भान्स बाँसको फर्निचर तथा हस्तकला सीप विकास तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत उमेश गिरी, तालिममा सहभागी प्रशिक्षार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

[ यो पनि - बाम्राङमा हस्तकलाद्धारा डल तथा कुशन बनाउने तालिम सम्पन्न

               दोर्पामा बाँसको फर्निचर बनाउने पुनर्ताजगी तालिम सम्पन्न  }

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

Horoscopes Icon

All Horoscopes