सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २३, २०८१, खोटाङ

Image

साकेलामा अपाङ्गता भएका १७९ जनालाई परिचयपत्र वितरण


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकामा सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धि घुम्ति शिविरबाट २८१ जना लाभग्राहीले सेवा लिएका छन् । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा साकेला गाउँपालिकाको पाँच वटै वडामा सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनस्थापना शिविरमार्फत २८१ जना लाभग्राहीहरुले सेवा लिएका हुन् ।

                      शिविरका केही झलकहरु

परिचयपत्र प्राप्त गरिसकेका लाभग्राहीको अद्यावधिक र नयाँ लाभग्राही पहिचानका लागि गत जेष्ठ १७ गतेदेखि शिविर सुरु गरिएको थियो । जस अन्तर्गत नयाँ लाभग्राहीको रुपमा ११५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् भने पुराना १७९ जनालाई प्रतिलिपी जारी गरिएको छ । पालिकाको सबै वडाका लाभग्राहीहरुलाई लक्षित गरि उनिहरुको पायक पर्ने स्थानमा शिविर आयोजना गरिएको थियो । 

शिविर अन्तर्गत वडा नम्बर १ बाँझेच्यानडाँडामा नयाँ लाभग्राही ३९ जना, वडा नम्बर २ रतन्छामा नयाँ लाभग्राही २३ जना, वडा नम्बर ३ खिदिमामा नयाँ लाभग्राही १८ जना, वडा नम्बर ४ मात्तिममा नयाँ लाभग्राही २० जना र वडा नम्बर ५ मा १५ जना नयाँ लाभग्राहीको रुपमा सूचिकृत भई परिचयपत्र प्राप्त गरेका छन् ।

जसअन्तर्गत गाउँपालिकाभित्र (क) वर्गको रातो कार्ड पाउने अपाङ्गता भएका व्यक्तिको संख्या २९ रहेको छ । (ख) वर्गको निलो कार्ड पाउनेहरुको संख्या ६४ जना रहेका छन् । त्यस्तै पहेँलो कार्ड प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरुको संख्या ४३ रहेको छ भने सेतो कार्ड पाउनेहरुको संख्या ४१ रहेको बताईएको छ । सरकारले अपाङ्गता भएका (क) र (ख) रातो र निलो कार्ड प्राप्त गर्ने व्यक्तिहरुलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । रातो कार्ड प्राप्त गर्ने लाभग्राहीले मासिक रु.३ हजार ९९० र निलो कार्ड प्राप्त गर्ने लाभग्राहीले मासिक रु. २ हजार १२८  सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।

गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारको लागि गाउँपालिकाको तर्फबाट थप कार्यक्रम बिस्तार गर्दै लगिने साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेशन नेपालको ३५/३५ प्रतिशत तथा साकेला गाउँपालिकाको ३० प्रतिशत लगानीमा साकेला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि कार्यक्रम सञ्चालन भईरहेको छ । 

 

[ यो पनि--अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि शिविर सुरु }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes