सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १८, २०८१, Khotang

Image

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शैक्षिक सुधारवारे वृहत अन्तरकृया


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोटमझवागढी नगरपालिकाभित्र सञ्चालन भैरहेका सामुदायिक विध्यालयहरुको शैक्षिक गुणस्तरीयतालार्ई कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा वृहत अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख तीर्थराज भट्टरार्ईको अध्यक्षतामा आषाढ १८ गते भएको अन्तरकृयात्मक कार्यक्रममा एसईई परीक्षाको ताजा नतिजा, सिकार्ई उपलब्धि वृद्धी गर्न अपनाउनु पर्ने उपायहरु, मङ्गलवार तथा शुक्रवार हुने अतिरिक्त क्रियाकलापको उपलव्धिका बिषयमा गहन छलफल गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । 

कार्यक्रममा अहिलेको एसईई नतिजाको समिक्षा र आगामी दिनमा कसरी शिक्षालाई परिणाममुखी बनाउन सकिन्छ भन्ने बिषयमा गहन छलफल गरिएको बताईन्छ । सहभागीहरुबाट भक्खरै सार्वजनिक भएको एसईईको नतिजाले शैक्षिक क्षेत्रमा सबै संवेदनशिल बनेर विध्यमान अवस्थाबाट सुधार गर्न मार्गनिर्देशन गरेको निस्कर्ष आएको जनाइएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका अध्यक्ष गोपाल चन्द्र आचार्य एसर्ईर्ईको नतिजाबाट धेरै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘विव्यासमा हुने चुनावी प्रतिस्पर्धाले विध्यालयलाई नकारात्मक असर पारेको छ ।’ शैक्षिक समाग्री र भौतिक पूर्वाधार भनसुनमा होइन अवस्यक्ताको आधारमा वितरण गरिनुपर्ने, जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना वालवच्चहरुलाई अनिवार्य रुपमा सामुदायिक विध्यालयमा पढाउनुपर्ने, जसका कारण विध्यालयको गतिविधिमा सबैको निगरानी रहनेमा एमाले नगर कमिटि अध्यक्ष आचार्यको जोड थियो ।

नेपाली कांग्रेस दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति प्रकाशकुमार श्रेष्ठले सामुदायिक विध्यालयको महत्वलाई समाज र समुदायमा बुझाउन नसक्नु सबैको कमजोरी रहेको बताउनुभयो । यसमा राज्यले लगानी गरिरहेको छ, तर त्यसबाट हामीले भनेजति उपलव्धि हासिल गर्न सकेको छैनौँ । यसका लागि वडा शिक्षा समितिहरुले अभिभावकहरुलाई जिम्मेवार बनाउन प्रयास गर्नु जरुरी रहेको उहाँको भनाई रह्यो । 

शिक्षाको मानवतावादी दृष्टिकोणका अनुसार प्रत्येक वालवालिकामा आत्मविश्वास, अन्तरनिर्भरता र स्वतन्त्र रुपमा काम गर्नसक्ने सामर्थ्यको विकास गर्ने गरी अन्तरनिहित प्रतिभाको विकास गराउनु शिक्षाको उद्देश्य हो । विद्यालय शिक्षाको गुणस्तरको लेखाजोखा गर्दा विद्यार्थीमा विकास भएका उल्लेखित सक्षमताको आधार लिनु उपयुक्त हुन्छ । तर, कक्षा १० को अन्त्यमा सञ्चालन गरिने एसईर्ई परीक्षाको नतिजालाई नै प्राथमिकता दिई विद्यालय शिक्षाको गुणस्तरको चर्चा हुने गरेको छ ।

यस्तै बिधालयको साधन, श्रोत र आवश्यक्ताको उचित मुल्यांकन गर्नुपर्ने नेकपा माओवादी केन्द्रका प्रतिनिधि विनोद आचार्यले बताउनु भयो । दरबन्दी र आवश्यक्ताको   लेखाजोखा पनि हुनुपर्ने उहाँको भनाई थियो । उहाँको थप सुझाव थियो–‘विध्यार्थी संख्या  र परिणामको आधारमा साधान श्रोतको व्यवस्था गरौँ । ६/६ महिनामा प्रधानाध्यापकहरुको प्रगति समिक्षा बैठक बस्ने व्यवस्था गरौँ । नीजि क्षेत्रमा  आवश्यक्ता भन्दा बढि बिध्यार्थी राखिएको भए त्यसमा सुधार गरौँ ।’ 

केही सामुदायिक विद्यालयको नतिजा उच्च हुनु शैक्षिक प्रणालीको प्रभावकारिता र कार्यकुशलताबाट नभई विद्यालय वा समुदायको विशेष सक्रियताको परिणाम हुन सक्छ । कक्षाकोठामा गरिने निरन्तर मुल्यांकन र त्यसबाट प्राप्त हुने पृष्ठपोषणलाई प्रोत्साहित गर्ने र सृजनशील सिकाई क्रियाकलापमा निजी विद्यालयका विद्यार्थीको भन्दा सामुदायिक विद्यालयका उपलब्धि कम भएपनि केही सामुदायिक विद्यालयका विद्यार्थीको औसत सिकाई उच्च देखिएको छ । तर, यस्ता नीति तथा कार्यक्रम सबैतिर कार्यान्वयन हुन सकेका देखिदैनन् । अझै पनि धेरै विद्यालयहरु अपर्याप्त भौतिक वातावरणमा सञ्चालित छन् ।

शिक्षक हेमविक्रम राईले शैक्षिक गुणस्तर खस्किनुमा शिक्षकको मात्र नभएर अन्य पक्षको समेत कमजोरीे रहेको स्विकार्नु पर्ने बताउनुभयो । उहाँले नियमित अनुगमन गर्ने, शिक्षक,अभिभावक र विव्यासका वीचमा नियमित छलफल र विचार विमर्श गर्ने, विध्यार्थीहरुको पढाईको नियमित अन्तरमूल्यांकन गरिनुपर्नेमा जोड दिनुभयो ।

धेरैजसो विद्यालयहरुमा कक्षाकोठाको सामाजिक वातावरण अझै पनि भाषिक, साँस्कृतिक तथा क्षमताको विविधताका साथै आर्थिक तथा सामाजिक स्तरको भिन्नता भएका बालबालिकाका लागि समावेशी बनाउन नसकिएको प्रसंग पनि उठेको थियो । विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा परिवारको आर्थिक, सामाजिक अवस्था, भौगोलिक अवस्थिति, भाषिक पृष्ठभूमि, ग्रामिण÷शहरी परिवेश लगायतको प्रभाव रहने कुरामा सबैको मतैक्यता रहेको थियो ।

नियमित अविभावक तथा शिक्षकहरुको बैठक गराउनु पर्ने अर्का सहभागी समाजवादी विध्यार्थी युनियनका प्रतिनिधि बिरेन्द्र दर्नालले बताउनु भयो ।  

हरेक परीक्षामा बिध्यार्थीहरुले गणित, अंग्रेजी र विज्ञान बिषयमा कम ग्रेड प्राप्त गर्ने गरेका छन् । यी बिषयमा कमजोर हुनुको प्रमुख कारण विषयगत शिक्षकको अभाव र अधिकांश विद्यालयमा विषयगत शिक्षक दरबन्दी नहुनु रहेको प्रसंग पनि उठेको थियो । तल्ला कक्षामा पढाइरहेका शिक्षकले माथिल्ला कक्षा चलाउनु पर्ने बाध्यताका कारण शैक्षिक गुणस्तरमा ह्रास आएको कार्यक्रममा उपस्थित सहभागीहहरुले भनाई राखेका थिए । 

बिद्यार्थीहरु बिद्यालयमा नियमित आउन नसक्नु, कतिपय शिक्षकहरुबाट कोर्श पूरा हुन नसक्नु, शिक्षकले कोर्श पूरा गरे÷नगरेको प्रभावकारी अनुगमन हुन नसक्नु, शिक्षण प्रकृयाको नियमनकारी निकायहरूले नियमन गर्न नसक्नु जस्ता आम कमजारीहरु सँगै अन्य कारणले सामुदायिक विध्यालयहरुमा शैक्षिक परिणाम  कमजोर प्राप्त भएको विषयसँगै यसलाई सुधार गर्नुपर्नेमा छलफलबाट निस्कर्ष निकालिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । 

यो छलफल कार्यक्रम ढिला भएको तथापि महत्वपूर्ण रहेको ने.क.पा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिपक पाण्डेले बताउनु भयो । अहिले आएको परिणाम उपयूक्र्त  नरहेको उहाँको कथन थियो । यसबाट हतोत्साही नभएर हामीले शिक्षा लिन सक्नुपर्नेमा उहाँको सुझाव रहेको थियो ।

छलफल कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला तथा नगर तहका भातृ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कार्यदलका संयोजक तथा सदस्यहरु, नगरका शिक्षा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes