सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन २९, २०८१, Khotang

Image

साकेलामा शैक्षिक सुधारका लागि विव्यास अध्यक्षहरुसँग अन्तरकृयात्मक कार्यक्रम गरिदै


हलेसीन्युजडेस्क, खोटाङ  /

खोटाङको साकेला गाउँपालिकाले विद्यालयमा दरवन्दी अनुसारको विषयगत शिक्षक नहुनु र अनियमित रुपमा शिक्षक सरुवा हुने प्रवृत्तिका कारण शिक्षाको गुणस्तर बढ्न नसकेको निष्कर्ष निकालेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थामा सुधार ल्याई उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग गरेको अन्तरक्रियात्मक छलफलको क्रममा सो निष्कर्ष निकालिएको हो । 

अनियमित तवरबाट जथाभावी शिक्षकहरुको सरुवा गर्नु गुणस्तरीय शिक्षाको मापदण्ड विपरित कार्य भएको निष्कर्ष निकाल्दै विव्यास अध्यक्षहरुले आगामी दिनमा शिक्षकको सरुवा गर्ने क्रममा सम्बन्धित निकाय गम्भिर हुनुपर्ने सुझाव दिएका छन् । 

साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामाश्रावण २९ गते मङ्गलबार पालिका भित्रका ६ वटा माध्यमिक विद्यालयका विव्यास अध्यक्षहरुसँग अन्तरक्रियात्मक छलफल गरिएको थियो । गाउँपालिकाको समग्र शैक्षिक क्रियाकलापलाई प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षा शाखाको आयोजनामा विविध कार्यक्रमहरुलाई निरन्तरता दिएर कार्यक्रम अघि बढाईएको छ । 

सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था माथि उठाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकहरुसँग अन्तरक्रिया सम्पन्न भईसकेको छ । त्यसैगरी विद्यालयको नियमित अनुगमनलाई पनि पालिकाले प्राथमिकता दिएर अनुगमन गरिरहेको छ । 

यसैक्रममा पालिकाले हरेक विद्यालयका विद्यालय व्यवस्थापन समितिसँग अन्तरकृया गरि गुणस्तरीय र नतिजामूलक शिक्षा पद्दतीबारे छलफल सुरु गरेको छ । शैक्षिक अवस्था सुधार गरि गुणस्तरीय शिक्षा प्रदान गरि उत्कृष्ट नतिजा ल्याउन पालिका निरन्तर प्रयासरत भएको र पालिकाले गरेको हरेक शैक्षिक गतिविधिमा शिक्षक, अभिभावक, विद्यार्थीले साथ दिनुपर्ने गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाई छ । 

 ‘हामी नतिजामूलक, व्यवहारिक र नैतिक शिक्षालाई प्रथमिकता दिएर अघि बढिरहेका छौं ।’-अध्यक्ष राईले भन्नुभयो ।  त्यसका लागि पालिकाले पाठ्यक्रम निर्माण गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ । त्यसो त पालिका भित्रका हरेक विद्यालयहरुमा नैतिक शिक्षाको थालनी यसै शैक्षिक सत्रबाट सुरु गरिने भएको छ । गाउँ शिक्षा समितिले निर्णय नै गरेर हप्ताको हरेक शुक्रबार अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापको सट्टामा नैतिक शिक्षा पठनपाठन गराउन विद्यालयहरुलाई पत्राचार गरेको छ ।

गुणस्तरीय र व्यवहारिक शिक्षा विद्यार्थीलाई प्रदान गरि नतिजा मूलक उदेश्य प्राप्तिका लागि पालिकाले सुरुवात गरेको निरन्तर शिक्षा सुधारको कार्यक्रम अन्तर्गत अन्य विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुबीच निरन्तर अन्तरक्रिया तथा प्रत्यक्ष विद्यालय अनुगमनको कार्य निरन्तर गरिने शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिनुभयो ।

[यो पनि-साकेला गाउँपालिकामा सामुदायिक विद्यालयहरुको प्रभावकारी अनुगमनमा जोड ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes