सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र १, २०८१, Khotang

Image

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा श्रमजिवी कृषकहरुका लागि प्रोत्साहन सहयोगको निरन्तरता


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्रका किसानहरुलाई आफूले उत्पादन गरेको तोरी, वेसार, प्याज लगायतका खाध्य सामाग्रीहरुमा प्रोत्साहन वापत अनुदान सहयोग उपलव्ध गराउने कृषि नीति ल्याएको छ । वाँदरजन्य जंगली जनावरहरुको अतिक्रमणबाट जोगिन बैकल्पिक खाध्य बालीका रुपमा तोरी, वेसार, प्याज लगायतको खेतिसँगै मौरीपालन र पशुपालन व्यवसायलाई प्रोत्साहन गरी त्यसको उत्पादनको परिमाण बमोजिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आव २०८०÷०८१ देखि किसानको हातमा अनुदान सहयोग उपलव्ध गराउन शुरु गरेको हो । 

‘तोरी र मौरी साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ यो आर्थिक वर्षका लागि पनि अनुदान सहयोगका लागि नगरपालिकाले किसानहरुलाई सुचिकृत हुनका लागि जनाऊ दिइसकेको जनाइएकोछ । आफूले उत्पादन गरेको तोरी, मह, प्याज, वेसार, दुधको परिमाण अनुसार प्रोत्साहन अनुदान प्राप्त गर्न नगरपालिकाभित्रका इच्छुक किसानहरुले गत श्रावण २७ गतेदेखि भाद्र २४ गतेसम्म आवश्यक कागजात सहित आफू रहेको वडा कार्यालय अथवा नगरपालिकाको कृषि शाखामा निवेदन दिन नगरपालिकाद्धारा आहन गरिएको कृषि शाखा प्रमुख तेजप्रकाश जैशीले हलेसी एफएमलाई बताउनुभयो ।

कृषि शाखा प्रमुख जैशीका अनुसार प्रोत्साहन अनुदान प्राप्त गर्न उत्पादित सामाग्रीहरुको परिमाण तोकिएको छ । तोरीका लागि कम्तिमा २०० केजी उत्पादन गरिएको हुनुपर्छ भने महका लागि कम्तिमा ५० लिटर मह उत्पादन गरिएको हुनुपर्छ । त्यस्तै वेसार र प्याजका लागि ५०० केजी एक सिजनमा उत्पादन हुनु जरुरी छ । दुधका लागि प्रति महिना कम्तिमा १५० लिटर तोकिएको छ ।

सरकारद्धारा उपलव्ध गराइने किसानमूखी  अनुदान र कार्यक्रमहरु कागजमा खेती गरिएको तथ्य देखाएर आफ्नो पक्षमा पार्ने विगतका कमजोरीलाई निरुत्साहित गरी खेतवारीमा पसिना बगाउने किसानहरुको हातमा त्यस्ता कार्यक्रम र अनुदान उपलव्ध गराउन नगरपालिकाले वालि लगाएदेखि गोडमेल र वालि उठाएको अव्धिसम्म फिल्ड अनुगमन गरिने कृषि शाखा प्रमुख जैशी बताउनुहुन्छ ।

झोले किसानलाई होइन वास्तविक किसानहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न यो कार्यक्रमका लागि नगरपालिकाले निश्चित वजेट व्यवस्था गरिएको नगरप्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ । 

गत आर्थिक वर्ष २०८० / ०८१ मा उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रममा सूचिकृत विभिन्न किसानहरुलाई गत श्रावण २२ गते सम्मान तथा प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा विभिन्न ७ प्रकारका बालिमा १५० सूचिकृत किसानहरुमध्ये मापदण्डका अधारमा ७२ जनालाई नगरपालिकाद्धारा सम्मान तथा प्रोत्साहन गरिएको जनाइएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes