सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १९, २०८१, Khotang

Image

खोटाङमा आषाढ १४ सम्मको रोपाईको अवस्था


हलेसीन्युजडेस्क,खोटाङ /

खोटाङमा पछिल्लो प्राप्त तथ्यांक अनुसार १३.४० प्रतिशत रोपाई सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १००१८.०९ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकोमा आषाढ १४ गते सम्ममा १३ प्रतिशत रोपार्ई सकिएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायाण रार्ईले जानकारी दिनु भएको छ । 

यस वर्ष मनसुन आगमनमा ढिलाई भएको कारण किसानहरुले समयमै खेत रोप्न पाएनन् । तर पछिल्लो समय वर्षाद हुनथालेपछि तीव्र गतिमा रोपाई भैरहेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनु भएको छ । 

लेकाली क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिकामा १०/१० प्रतिशत रोपार्ई सकिएको छ । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा १४ प्रतिशत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६ प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा १.०३७ प्रतिशत, बराहपोखरी गाउँपालिकामा २ प्रतिशत, खोटेहाङ गाउँपालिका १५ प्रतिशत खेतमा रोपाई भएको खुलासा गरिएको छ ।

यता दिप्रुङ चुर्ईचुम्मा गाउँपालिकामा १५ प्रतिशत र साकेला गाउँपालिकामा २० प्रतिशत धान रोपार्ई भएको कृषि ज्ञानकेन्द्र खोटाङले बताएको छ । असार लागेसँगै  किसानहरुलाई आ–आफ्नो खेतमा धान रोप्न भ्याई–नभ्याई भईरहेको छ । स्थानीय तहबाट साप्ताहिक तथ्यांक लिइने गरेकोले आषाढ २० गते धान रोपाईको प्रगति उल्लेखनीय हुनसक्ने कृषि ज्ञानकेन्द्रको अनुमान छ ।

सिमसार भएका खेत वा नजिकै खोला खोल्सीबाट पानी सिञ्चित हुने खेतहरुमा जेठको अन्तिम सातादेखि नै रोपाई हुने गरे पनि वर्षादको पानीमा भर पर्नु पर्ने खेतमा केही ढिलाई रोपाई हुने गरेको छ । जिल्लामा वास्मती, रामविलास÷रञ्जित, मन्सुली, राधा, अटेमार्सी, मकवानपुरे, ताइचिन, खुमल, च्याम्पियन, हिमाली, तौली, पहेँले, दुधे, मनकामना, गुडुरे, सावाली, चम्पासरी, भोटाङ्गे लगायत विविध प्रजातिका  धान रोपिने गरिन्छ ।

जिल्लाको रावाँबेसी गाउँपालिकाको कटहरे, खार्पा, हौंचुर, वुइपा, वियखर्क, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, मात्तिम,  टेम्मा, याम्खा, छोरम्बु, डाँडागाउँ, बतासे, सप्तेश्वर छितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे,  साउनेचौर लगायतका ठाउँमा सबैभन्दा बढी धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनु भयो ।

गत बर्ष खोटाङमा साउन अन्तिम सम्म ९४ प्रतिशत ९४१७.००४ हेक्टरमा रोपार्ई भएको थियो भने  २१,०९४.०९ मे.टन उत्पादन भएको थियो । उत्पादकत्व प्रति हेक्टर २.२४ मे.टन रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes