सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ६, २०८१, Khotang

Image

केपिलासगढीले तोरी खेतीका लागि अनुदान कार्यक्रमलाई निरन्तरता दिदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको केपिलासगढी गाउँपालिकाले यो आर्थिक वर्षमा पनि किसानहरुलाई तोरी खेतीमा प्रोत्साहन गर्नका लागि तोरी खेती प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिएको छ । आव २०७९/८० को गाउँसभाबाट स्विकृत कृषि विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले व्यवसायिक रुपमा तोरी खेतिमा किसानहरुलाई प्रोत्साहन गर्न शुरु गरिएको तोरी खेती प्रवर्द्धन अनुदान कार्यक्रमका लागि सहभागी हुन यो आव २०८१/८२ मा पनि किसानहरुलाई आह्वान गरेको हो ।

व्यवसायिक तोरी खेतीको माध्यमबाट किसानलाई स्वरोजगार बनाउदै आयातित खाने तेल विस्थापित गर्ने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख समिर राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘आम किसानहरुलाई व्यवसायिक रुपमा तोरी खेतीमा आकर्षित गराउने, तोरीको उत्पादन बढाउने, बजारिकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी खेती प्रवर्द्धन अनुदान कार्यक्रम  लागू गरिएको हो र यसलाई हरेक वर्ष प्रभावकारी बनाउदै लगिनेछ ।’

तोरी खेती प्रोत्साहनका लागि लागू गरिएको अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिकाबाट अनुदान प्राप्त गर्न किसानले गाउँपालिकाबाट पारित गरिएको ‘तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रम कार्यविधि–२०७९’ को अनुसूचि १, २ र ३ मा तोकिएको ढाँचामा आ–आफ्ना वडा कार्यालयका आवेदन दिन सकिनेछ ।

यो आव २०८१/८२ का लागि भाद्र ३० गतेदेखि अशोज १४ गतेसम्म किसानहरुले कार्यविधिमा तोकिएको ढाँचा अनुसार आवेदन दिन गाउँपालिकाले जानकारी गराएको छ । गाउपालिकाका अनुसार कार्यविधिको अनुसूचि  १, २ र ३ ले अनुदान प्राप्त गर्न किसानले कम्तिमा ३ रोपनी जमिनमा तोरी खेती लगाएको हुनुपर्नेछ, तोरी कम्तिमा २ मुरी उत्पादन भएको हुनुपर्नेछ । गाउपालिकाका प्रमुख संयोजक रहेको अनुगमन तथा मूल्याँकन समितिको सिफारिसको आधारमा कृषक, कृषि फार्म, कृषक समूहले अनुदान रकम प्राप्त गर्ने  पालिका श्रोतले जनाएको छ ।

पालिका अध्यक्ष राईका अनुसार यो कार्यक्रम लागू भएपछि गाउपालिकामा तोरी उत्पादनमा उल्लेख्य बढोत्तरी भैरहेको छ । किसानहरु तोरी खेतीमा स्वतःस्फूर्त आकर्षित बन्दै गैरहेकाछन् ।

 

[यो पनि-खोटाङमा तोरी उत्पादनमा वृद्धि ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes