असार १४, २०८१ , Khotang
धान दिवसकै अवसरमा किसानसँग कांग्रेस अभियानलाई पुनः व्युताइयो
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाली कांग्रेस खोटाङले पनि किसानसँग कांग्रेस अभियानलाई पुनः निरन्तरता दिदै असार १५ मा धान दिवस मनाएको छ । कांग्रेसको भातृ संस्था नेपाल किसान संघ खोटाङको आयोजना तथा सम्पूर्ण भातृ संस्थाहरुको सहभागितामा नेपाली कांग्रेस खोटाङले असार १५ गते शनिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पास्थित कविता चौहान वास्तोलाको खेतमा धान रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको हो ।
विगतमा नेपाली कांग्रेस खोटाङले असार १५ मा किसानको खेतमा धान रोप्दै किसानसँग कांग्रेस अभियानको उद्घाटन गरेर श्रावण ६ गते वीपी स्मृति दिवसका अवसरमा वृक्षारोपण गर्दै समापन गर्ने परम्पराको शुरु गरेको थियो । त्यसवीचमा किसानको घर घरमा पुगेर किसानहरुको मर्का र पीडालाई बुझ्ने, किसानहरुको खेतमा सघाउने, सिँचाई कुलोहरु मर्मत गर्न सघाउने, उजाड भूमिमा वृक्षारोपण गर्ने तथा किसानहरुका लागि खोलिएको सरकारी कार्यालय र संघ संस्थाहरुमा गएर किसानहरुको तर्फबाट छलफल, वहस र किसानका मर्काका विषयमा वकालत गर्ने कामहरु गरिन्थे । तर वीचमा राजनैतिक प्रतिकूलता र कोरोना कहरका कारण अभियान स्थगित रहेको थियो । यो वर्षदेखि पुनः किसानसँग कांग्रेस अभियानलाई व्युँत्याईएको खोटाङ कांग्रेसका जिल्ला सदस्य एवं प्रवक्ता रोजन राई बताउनुहुन्छ ।
शनिवार मध्यान्ह १२ वजेदेखि नेपाली कांग्रेस खोटाङ र नेपाल किसान संघ खोटाङको संयुक्त व्यानर राखेर आयोजना गरिएको धान रोपाईमा महिला संघ खोटाङका दिदी बहिनीहरु छुपुछुपु धान रोपिरहेका देखिन्थे भने नेपाल तरुण दल, नेवि संघका भाईहरु गोरु धपाउदै खेत हिल्याउने काममा खटिरहेका देखिन्थे । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु निधारबाट पसिना तर्काउदै कोदाली मच्याइरहेको दृष्य साँच्चि नै लोभलाग्दो देखिन्थ्यो ।
करिव १० पाथीको विउ जाने नेर्पास्थित मोहोरिया पराजुली गाउँमा रहेको खेत नै धान दिवसका दिन रोज्नु पर्ने कारण खेतका धनी कविता चौहान वास्तोला एकल महिला भएको र उहाँको सासु पनि असक्त रहेको, बालबच्चाहरु साना साना भएको हुँदा यो अभियानले उहाँलाई पनि सहयोग पुग्ने उद्धेश्यले यहाँ धान दिवस मनाईएको प्रवक्ता राईले खुलासा गर्नुभयो ।
‘आफूले यसरी सहयोग पाउँला र यसपालिको खेती उतारौँला भन्ने कल्पनामा पनि सोँचेकी थिइन । ठूलो राहत मिल्यो, उहाँहरुलाई भगवानले कल्यान गरुन् ।’–भावूक बन्दै खेतका धनि कविता चौहान वास्तोलाले हलेसी एफएमका सुनिल श्रेष्ठसँग कुराकानी गर्दै धान रोपाईमा सहभागी सबैको प्रशंसाा गर्नुभयो ।
शैक्षिक अभियन्ता तथा कांग्रेसका अग्रज पवन थापाको प्रमुख आतिथ्यतामा भएको धान दिवस कार्यक्रममा नेपाली कांग्रेसको प्रबक्ता रोजन राई, संगठन बिभाग प्रमुख बिष्णुराज राई, कांग्रेसका महसमिति सदस्य शहरमान राई, महासमिति सदस्य देवी राई, महासमिति सदस्य एवं नेपाल तरुण दलको कन्द्रिय सदस्य भिषण राई, जिल्ला कार्य समति सदस्य मिना कार्की, महिला नेतृ अन्जना बस्नेत केसी, निर्वाचन क्षेत्र प्रदेश सभा (क) का क्षेत्रिय उपसभापति परशुराम तामाङ, निर्वाचन क्षेत्र प्रदेश सभा (क) का क्षेत्रीय सचिव राजन भट्टराई, नेवि संघ केन्द्रिय सदस्य रुपन राई, नेपाल किसान संघ खोटाङका सभापति देवराज घिमिरे, नेपाल विध्यार्थी संघका जिल्ला अध्यक्ष मोतिचन्द्र राई, तरुण दल जिल्ला सदस्य विरेन गुरुङ, नेबिसंघ जिल्ला सदस्य प्रतीक आचार्य, बाम्राङ कांग्रेस वडा सभापति सन्तोष कार्की, तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरकार्य समिति अध्यक्ष दिवासन राई, नेपाली कांग्रेसका तर्फबाट नेर्पाका वडाध्यक्षका उम्मेदवार हरि राई, उध्योग बाणिज्य संघ पूर्व जिल्ला सदस्य निरकुमार रसाइली, सञ्चारकर्मीहरु नेपाल प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाई, समायोजनखवरका चिसाङ शेर्पा, हलेसी एफएमका सुनिल श्रेष्ठ लगायत स्थानीय नेपाली कांग्रेस आवद्ध ५० जना भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
धान दिवसमा सहभागीहरुले गाउँको शुद्ध दहि चिउरा खाँदै वेला वेला असारे गीत घन्काउदै रमाइलो गरेका थिए ।
नेर्पास्थित धान दिवसमा रोपाईका केही झलकहरु
p
[ यो पनि-आज असार १५ ! दहिचिउरा खाँदै खेतमा धान रोप्ने मुख्य दिन ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !